• Monday 24th , July 2017 | सोमवार, साउन ९, २०७४

यस्ता छन् – तामाकाे भाँडामा राखेकाे पानी पिउनुका फाइदा

हिन्दु परम्परा अनुसार तामालाई पवित्र धातु मानिन्छ र वैदिक कार्यहरुमा तामाको भाँडालाई अनिवार्य मानिन्छ । दैनिक जीवनमा समेत तामाको गाग्रीमा राखेको पानी पिउनु उत्तम मानिन्छ र गाउँघरतिर तामाकै गाग्रीमा पानी भरेर राखिन्छ अझैपनि । यद्यपि सहरतिर पनि तामाको भाँडाको प्रयोग नभएको होइन ।

धार्मिक हिसाबले मात्र होइन वैज्ञानिक अध्ययनहरुले समेत तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक रहेको देखाएका छन् । आयुर्वेदका अनुसार तामाको भाँडामा राखेको पानी पिउँदा विभिन्न खाले रोगबाट बँच्न सकिन्छ । हरेक बिहान तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा यस्ता छन्ः

–तामाले पानीलाई प्राकृतिक रूपमै जीवाणुरहित बनाउँछ । किनकि, तामामा जीवाणु मार्ने तत्व हुन्छ । त्यसैले तामाको भाँडामा राखेको पानी बढी शुद्ध हुन्छ ।
–एमआरएसए प्रजातिका खतरनाक र जेद्रा ब्याक्टेरिया पनि तामाको सम्पर्कमा आएपछि मर्ने गर्छन् । त्यसैले तामाको भाँडोमा राखेको पानी खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।
–तामाको भाँडोमा राखेको पानी खानाले पानीबाट सर्ने रोग धेरै हदसम्म कम गर्न सकिन्छ ।
–तामाको भाँडोमा राखेको पानी खानाले स्नायु प्रणाली स्वस्थ्य रहन्छ ।
–तामामा चोटपटकको असरबाट चाँडो तंग्राउने गुण हुन्छ ।
–तामाको भाँडोमा राखेको पानी खानेहरूको कपाल र छाला स्वस्थ रहन्छ ।
–यस्तो पानीले पाचन क्रियालाई टेवा पु¥याउँछ । साथै, यसले शरीरमा बढी बोसो जम्मा हुन दिँदैन ।
–छालासम्बन्धी रोग, ग्यास्ट्रिक र रक्तअल्पता भएका मानिसले तामाको भाँडामा राखेको पानी खानु लाभदायक हुन्छ ।