• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

तपार्इलार्इ थाहा छ फिल्म सुरू हुनुभन्दा अगाडि देखाइने सर्टिफिकेटकाे अर्थ के हाे ?

जव तपार्इ कुनै हलमा चलिचत्र हेर्न जानुहुन्छ तव चलचित्र सुरू हुनुभन्दा अगाडि सेन्सर बाेर्डकाे एक सर्टिफिकेट देखाउँछ । प्रायः मानिसहरू यसप्रति ध्यान दिंदैनन् र थाहा पनि हुँदैन की याे के प्रयाेजनका लागि देखाइँदैछ  ? कसैले चलचित्रकाे समयका बारेमा हाेला भन्ने साेच्नुहाेला त कसैले अन्य केही । तर चलचित्र हेर्नुभन्दा अगाडि देखिने याे सर्टफिकेटकाे छुट्टै महत्वकाे छ र यसका बारेमा जान्नु पनि अावश्यक नै छ । यसकै लागि चलचित्रका निर्माता तथा निर्देशक सेन्सर बाेर्डकाे झन्झटसंग जुध्नुपर्छ । हामीलार्इ यसका बारेमा त्यती मतलब नभएपनि चलचित्रकर्मीका लागि भने यसले ठूलै महत्व राख्दछ । चलचित्र हेर्नेले पनि यसका बारेमा जानकारी लिनु अावश्यक छ । अाज हामी त्यसमा प्रयुक्त विभिन्न संकेतका बारेमा जानकारी दिने प्रयास गर्दैछाैं,जसकाट तपार्इहरूलार्इ केही न केही फाइदा अवश्य पुग्नेछ ।

१.यदि कुनै चलचित्रले ‘अ’ सर्टफिकेट पाएकाे छ भने यसकाे अर्थ हुन्छ याे चलचित्र सबैले हेर्न् सक्दछ ।

२.यदि सर्टिफिकेटमा ‘अव’ लेखेकाे छ भने १२ बर्षभन्दा तलका बच्चाले अभिभावकाे अनुमतिमा चलचित्र हेर्न सक्दछ ।

३.यदि सर्टिफिकेटमा ‘व’ लेखेकाे छ भने १८ वर्षभन्दा कम उमेरका बच्चाकाे लागि चलचित्र हेर्न अनुमति छैन ।

४.यदि सर्टिफिकेटमा s लेखेकाे छ भने याे चलचित्र कुनै स्पेशल अडियन्सकाे लागि भन्ने बुझिन्छ ।

५.सर्टिफिकेटकाे यस भागमा चलचित्रकाे नाम,भाषा र प्रकारका बारेमा जानकारी हुन्छ ।

६.सर्टिफिकेटकाे यस भागमा चलचित्रकाे समय र रिलकाे बारेमा जानकारी हुन्छ ।

७.सर्टिफिकेटकाे यस भागमा चलचित्रकाे बैधताका बारेमा उल्लेख गरिएकाे हुन्छ ।

८.सर्टिफिकेटकाे यस भागमा चलचित्रकाे सर्टिफिकेट नम्बर, सर्टिफिकेट प्राप्त गरेकाे साल र सेन्सर बाेर्डकाे ठेगाना रहेकाे हुन्छ ।

९.सर्टिफिकेटमा देखाइएकाे यस त्रिभुजकाे अर्थ यस चलचित्रकाे केही भाग सेन्सरले काट्नका लागि भनेकाे थियाे भन्ने हुन्छ ।

यसबाट तपार्इ पनि जान्नुभयाे हाेला की यस सर्टिफिकेटका लागि चलचित्र निर्माता निर्देशक किन मरिमेटेर लाग्दछन् भन्ने । अबदेखि तपार्इ पनि चलचित्र हेर्न लागिरहनुभएकाे छ भने यसकाे बारेमा राम्रि जानकारी लिनुहाेला । एजेन्सीकाे सहयाेगमा