• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

स्ववियु निर्वाचन स्वागतयोग्य,विद्यार्थी नेताहरु को के भन्छन् ?


काठमाडौं, उमेरहदको कुरा नमिलेपनि त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन निर्धारित मितिमै गर्ने भनेपछि विद्यार्थि संगठनहरु अलमलमा परेका छन् ।

निर्वाचनका लागि त्रि.वि. लाई विगतमा दबाव दिदै आएका विद्यार्थि संगठनहरु स्ववियु निर्वाचनको मिति घोषणाले एकातिर खुशि छन भने अर्कोतिर उमेरहदको गाँठोले संगठनमा सन्तुलन मिलाउन उनीहरुलाई सास्ती हुने भएको छ ।

त्रि.वि.को निर्णय अनुसार २८ वर्षमाथिका विद्यार्थीले स्ववियु चुनाव लड्न नपाउने भएका छन्।प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालको अध्यक्षतामा सम्पन्न सभाले यस्तो निर्णय गरेको हो । विगतमा मुख्य विद्यार्थी संगठनबीच यही विषयमा कुरा नमिल्दा चुनाव हुन सकेको थिएन ।

स्ववियु निर्वाचन र उमेरहदबारे एसियन समाचारको जिज्ञासामा नेविसंघ अध्यक्ष नैनसिंह महरले निर्वाचन स्वागतयोग्य भएको र उमेरहदमा पुनर्विचारका लागि त्रि.वि. संग आग्रह गर्ने बताए । महरले भने हामी लामो समयदेखि स्ववियु निर्वाचनको माग गरिरहेका थियौं त्यसको ठोस प्रकृया अघि वढ्ने कुरा स्वागतयोग्य छ ।

तर उमेरहदमा पुनर्विचार होस भन्ने हाम्रो चाहाना हो हामी त्रि.वि.लाई एकपटक अनुरोध गर्ने तयारीमा छौं । त्यसैगरि अनेरास्ववियु अध्यक्ष नविना लामाले त्रिभुवन विश्वविद्यालय सिनेट वैठकले पारित गरेको निर्वाचनप्रणाली,विधि र आचारसंहिताको स्वागत गरेकि छिन् ।

त्रि.वि.लाई यथाशिघ्र निर्वाचन तालिका घोषणाको अनुरोध गरेकि लामाले तोकिएको विधि, प्रकृया र मितिमा निर्वाचनलाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगबाट सम्पन्न गर्न संगठनका तर्फबाट प्रेस वक्तव्य मार्फत औपचारिक रुपमै प्रतिवद्धता व्यक्त गरेकि छिन् ।

विप्लव माओवादी नेतृत्वको अखिल क्रान्तीकारीका अध्यक्ष पूर्णबहादुर सिंहले पनि निर्वाचनका विधि,प्रकृया र आचारसंहितामा आपत्ति जनाइहाल्नुपर्ने अवस्था नरहेको वताए । यद्यपि उनले स्ववियु जुन उद्देश्यका लागि गठन भयो वीचमा जुन रुपले प्रयोग भयो र अव जुन लक्ष्यका लागि स्ववियु अगाडी वढाउनुपर्ने छ त्यसको भने विद्यार्थि संगठनहरुले निमर्मतापूर्वक समिक्षा गर्नुपर्ने वताए ।

सिंहले भने स्ववियु एकाधिकारपूर्ण थियो निर्वाचनले यसलाई तोड्ने छ यसअर्थमा यो ठिक छ । तर दबावमुलक संगठन र प्रतिपक्षि चरित्र गुमाएर वैधानिकताका नाममा कलेज प्रशासनसंग मिलेर स्ववियुलाई मागी खाने भाँडो र भ्रष्टाचारको अखडा वनाउने कुरामा हाम्रो संगठन कहिल्यै र कुनै हालतमा तयार हुने छैन । माऊ पार्टीको लुट खसोटको हिस्सेदार वन्दै भ्रष्टाचार र कमिसनको चुहावटमा आस गर्ने प्रवृत्ति घातक हो भन्ने कुरा विद्यार्थीमाझ स्थापित गर्न जरुरी छ । समय सापेक्ष परिवर्तन हुँदै आएका विधि विधानहरु सकरात्मक छन् तिनलाई स्वागतयोग्य वनाउन अझै मेहनत गर्नुपर्ने छ ।
सरकारको नेतृत्वकर्ता माओवादी केन्द्र निकट अखिल क्रान्तीकारीले त्रि.वि. सिनेटको यस निर्णयलाई पूर्ण रुपमा स्वागतयोग्य भनेको छ । अखिल क्रान्तीकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले संघर्ष र वलिदानको स्वामित्व लिदैं वास्तविक विद्यार्थिको स्ववियु वनाउन उमेर हद प्रभावकारी साधन भएको वताए ।

मिश्रित प्रणाली बाट निर्धारित मिति फागुन १४ मै स्ववियु निर्वाचन सम्पन्न गर्ने त्रि.वि. को निर्णयलाई आफ्नो संगठनले वक्तव्य जारी गरि औपचारिक रुपमै स्वागत गरिसकेको जानकारी दिए । उनले त्रि.वि. लाई यथाशिघ्र निर्वाचन तालिका सार्वजनिक गर्न समेत माग गरे ।

अबदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको उम्मेदवार बन्न २८ वर्ष भन्दा तल हुनुपर्नेछ । त्रिविले फागुन १४ गतेलाई स्ववियु चुनावको मिति यसअघि नै घोषणा गरिसकेको छ ।

विगतमा विद्यार्थी संगठनबीच यही विषयमा कुरा नमिले पनि बुधबार उमेर हद तोक्ने विषयमा आयोजना गरिएको बैठकमा विद्यार्थी संगठनका प्रतिनिधी भने सहभागी भएनन् । ‘
प्रत्येक दुई वर्षको अवधिमा हुनुपर्ने स्ववियु चुनाव २०६५ सालदेखि हुन सकेको छैन । त्रिविले उमेर हद तोकेसंगै विद्यार्थी संगठनहरु पनि चुनावको आन्तरिक तयारीमा जुटिसकेका छन् ।