• Friday 23rd , June 2017 | शुक्रबार, असार ९, २०७४

अब निजी र सरकारी पाठ्यपुस्तक एउटै हुने

काठमाडौँ- शिक्षामन्त्री धनिराम पौडेलले निजी र सरकारी पाठ्यपुस्तकबीच विभेद रहेको भन्दै त्यसको अन्त्यको लागि मन्त्रालयले काम अगाडि बढाएको बताएका छन्।

‘संस्थागत सार्वजनिक विद्यालयका पाठ्यपुस्तकमा पनि विभेद, त्यसको अन्त्यको लागि आउँने शैक्षिकसत्रबाटै कक्षा १ र २ का पुस्तक रंगीनमा छाप्ने तयारी भइरहेको छ’, मन्त्री पौडेलले भने।

शनिबार संवाद डबलीमा खोजी प्रकाशनले प्रकाशन गरेका बाल साहित्यका १६ पुस्तकको लोकार्पण गर्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालयको पाठ्यपुस्तकमालाई बालबालिकाको मनोविज्ञानअनुसार तयार गर्न मन्त्रालयले काम अगाडि बढाएको जानकारी पनि दिए।

उनले पाठ्यपुस्तक बाध्यताले नभएर रहरले पढ्ने बनाउन मन्त्रालयले पुस्तक नीति बनाएर लागू गर्न लागेको बताए। ‘हामीसँग पुस्तक नीति नभएकाले कस्ता पुस्तक, कस्ता प्रकाशन प्रकाशन गर्ने र कसले वितरण गर्ने भन्ने नीति नै छैन, यसकारण अन्यौलता छ।

त्यसको अन्त्य गनै पनि पुस्तक नीति बनाउनु आवश्यक छ’, मन्त्रीले भने। उनले एक गाउँ एक पुस्तकालयलाई अगाडि बढाउनु पर्ने धारणा राखे। १६ ओटा बाल साहित्य पुस्तक प्रकाशन गरेर नयाँ काम गरेको भन्दै खोजी प्रकाशनलाई मन्त्री पौडेलले धन्यवाद दिए।