• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

विराेधका बीच संविधान संशोधन विधेयक संसदमा टेबल

काठमाडाैं, सरकारले एमालेसहित विपक्ष दलमा रहेका ९ राजनीतिक दलका सांसदहरुको विराेधका बाबजुद संविधान संशोधन विधेयक संसदमा टेबल गरेको छ। प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठकपछि सभामुखले हो हल्लाका बीचमै संसद्को बैठक अघि बढाएकी थिइन्।

संसद संविधान संशोधन विधेयकको कार्यसूचीमा प्रवेश गर्नासाथ एमालेसहितका विपक्षी दलहरु उठेर विरोध गरेका थिए । सभामुखले कार्यसूचि अगाडि बढाएपछि विपक्षी दलका सांसदहरुले नाराबाजी गरेका थिए। विपक्षी सांसदहरुको होहल्लाका बीच सभामुखले संशोधनविरुद्ध परेको प्रेम सुवाल र चित्रबहादुर केसीको विरोधको सूचना बुहमतले अस्वीकृत भएको घोषणा गरिन् ।

त्यसपछि कानुनमन्त्री अजय शंकर नायकले संविधान संशोधन प्रस्ताव टेबल गरे। संविधान संशोधन विधेयक टेबल भएसँगै सभामुख घर्तीले भोलिसम्मका लागि बेठक स्थगित गरेकी छन्।