• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

आत्मघाती बम विस्फोटमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु

एजेन्सी, इराकको राजधानी बग्दादको प्रमुख तरकारी बजारलाई लक्ष्यगरी आइतबार भएको एक आत्मघाती बम विस्फोटमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ ।

यस आक्रमणमा परी १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य अन्य ३९ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।

मोसुलमा सहर इराकी सुरक्षा बलसँग झडप गरिरहेका इस्लामिक स्टेट (आइएस) जिहादी समूहले यस आक्रमणको जिम्मा लिएका छन् । इराकी सुरक्षा बलले गत अक्टोबर १७ बाट इराकी सहर मोसुलको पुनः नियन्त्रणको लागि कारबाही सुरु गरेका थिए ।

जामिला तरकारी बजार बग्दादको प्रमुख थोक तरकारी बजारको रुपमा प्रचलित छ । आइएस आतङ्ककारी समूहले अनलाइनमार्फत एक विज्ञप्ति प्रकाशित गरी यस आक्रमणको जिम्मा गरेका छन् ।

गत जनवरी २ मा सिया मुसलमान समुदायको बाहुल्यता रहेको सदर सहरको विभाजन रेखामा कामको लागि पर्खिरहेका श्रमिकहरुबीच भएको विस्फोटमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौ घाइते भएका थिए ।

यस आक्रमणको पनि आइएस आतङ्ककारी समूहले नै जिम्मा लिएका थिए । इराकमा सिया मुसलमान समुदाय लक्षित बारम्बार आक्रमण हुँदै आएको छ ।