• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

हैटीमा सडक दुघर्टना,कम्तीमा २० काे मृत्यु

एजेन्सी,  हैटीको उत्तरी पहाडी क्षेत्रमा आइतबार भएको सडक दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु भएको हैटीको सुरक्षाकर्मीलाई उद्धृत गर्दै पेरुको राज्य संचालित न्यूज एजेन्सी आँदिनाले जनाएको छ । घटनामा दर्जनौ मानिस घाइते भएका दर्जनौ यात्रुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएकोे छ ।

मन्ट लाक्रिटी भन्ने उच्च पहाडी क्षेत्रमा भएको उक्त घटनामा घाइते भएका मध्ये केहीको स्वास्थ्य स्थिति गम्भीर भएको आँदिनाले अस्पताल स्रोतलाई उद्धृत गरी जानकारी गराएको छ ।

एक ट्रकले सोही दिशाबाट चलिरहेको यात्रुवाहक बसलाई ठक्कर दिएपछि बसका अधिकांश यात्रु घाइते भएका बताइएको छ ।