• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

४ करोडभन्दा बढी रकम ठग्ने महिला पक्राउ –यस्तो छ ठगीको नालिबेली

४ करोडभन्दा बढी ठगी गरेको अभियोगमा ललितपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। काठमाडौं ४ लाजिम्पाटमा घर भइ ललितपुरको प्रयागपोखरीमा डेरा गरी बस्ने ३३ वर्षकी रमिता तुलाधरलाई प्रहरीले पक्राउ गरेको हो। उनले जग्गा किन्ने बहाना बनाइ ६ जना भन्दाबढीबाट करोडौं ठगी गरेको डिएसपी इश्वर कार्कीले जानकारी दिए।डिएसपी कार्कीका अनुसार उजुरी दिन आउनेको संख्या अझै बढिरहेको छ।

    यस्तो छ ठगीको नालिबेली

  • क्रसर उद्योग खोल्न जग्गा मिलाइदिन्छु भन्दै उनले एक व्यवसायीसँगबाट मात्रै १ करोड ६५ लाख लिएर ठगी गरेको प्रहरीले बताएको छ।
  • उनले घरबेटी पि.एन जोशीसँग पनि घर किन्ने वहानामा ९ लाख रुपैयाँ लिएको कार्कीले बताए।
  • कुमारीपार्टीस्थित सिद्धार्थ बैंक भएको भवनमा उनको कपडा पसलसमेत रहेको उनले होलसेलबाट कपडा उधारोमा ल्याएर पैसा समेत नदिने गरेको उजुरी प्रहरीसमक्ष परेको छ।
  • पीडितहरुले दिएको जानकारी अनुसार रमिताले अनेकौं नाटक गरेर रकम लिएकी छिन् । कसैलाई घर किनिदिने, कसैलाई जग्गा किनिदिने बहानामा उनले विभिन्न प्रपञ्च रचेर ठगी गरेको निवेदन परेको छ।
  • उनले दुई जना पुरुष साथीलाई साथमा लिएर रकम ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।