• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

प्रचण्डले किन रोके पृथ्वी जयन्तीको बिदा, ओलीका सल्लाहकारले गरे यस्तो खुलासा

काठमाडौँ, २७ पुस । काँग्रेस र एमालेका नेताहरुले समर्थन जनाएपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण पृथ्वी जयन्तीमा सरकारी विदा नभएको खुलासा भएको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यकालमा प्रधानमन्त्रीको सल्लाहकार बनेका प्रमोद दाहालले यसको खुलासा गरेका हुन् ।

उनका अनुसार, संसदको अवरोध खुलाउन केही दिन अघि बसेको पाँच दलको बैठकमा राप्रपाले पुस २७ गते सार्वजनिक बिदा दिन प्रस्ताव राखेको थियो । जसमा नेकपा एमाले, कांग्रेसका शीर्ष नेताले सहमति जनाए । तर प्रधानमन्त्री प्रचण्डले मानेनन ।

उनले ‘दलहरूसँग छलफल गर्छु’ मात्र भने । प्रचण्डको जबाफ सुनेपछि सँगै रहेका नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने– हामी यही छौँ । शेरबहादुरजी, रामचन्द्र जीले पनि हुन्छ भन्नुभयो । हाम्रो पनि आपत्ति छैन, अनि हामी यहाँ छदै छौ, फेरि कुन–कुन दलसँग छलफल गर्नुपर्यो र ? निर्णय तपाईं लिनुस ।’

त्यस दिनको प्रसंगबारे जानकारी दिँदै सल्लाहकार दाहालले भनेका छन् – ‘तर पुष्पकमल दाहाल बोलेनन् ।’

‘उनले को संग छलफल गर्छु भनेका हुन, सायद अन्तैका दल हुन कि ?,’ राप्रपाका एक नेता भन्दै थिए – ‘उताबाट नभनी बिदा दिँदैनन । क्रिश्चियनहरुको पर्वमा विदा दिन हुने अनि राष्ट्र एकीकरण गर्ने व्यक्तित्त्वको स्मरणमा बिदा नदिने ?’