• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

‘चीन-अमेरिका युद्धमा भारत कता ? चीनले यसो भन्यो

बेइजिङ- अमेरिकासँग आफ्नो सम्भावित ‘व्‍यापार युद्ध’ लाई लिएर चीनले भारतलाई सचेत गराएको छ । चीनले डोनल्‍ड ट्रम्‍प प्रशासनका कारण चीन र अमेरिकाबीचको ‘व्यापार युद्ध’ यदि भारत, अमेरिकातर्फ झुक्यो भने उसको यो निर्णय बुद्धिमानी नहुने जनाएको हो ।

चीनको सरकारी पत्रिका ग्‍लोबल टाइम्‍सको रिपोर्टमा यस्तो कुरा बताइएको हो । भारतले अमेरिकाको सहयोगमा आफ्नै देशमा उद्योग धन्दा धमाधम विस्तार गर्न लागिरहेको सन्दर्भमा चीनले भारतलाई सचेत गराएको हो ।

अमेरिकाको सहयोगमा भारतले उद्योग क्षेत्र विस्तार गर्न लागिरहेका बेला त्यसले चिनियाँ सामानको निर्यातमा असर पर्ने बताइरहेका बेला यस्तो भनाई आएको हो ।

‘अमेरिका र चीनबीच हुन लागेको व्यापार युद्धमा यदि भारतले डोनल्‍ड ट्रम्प प्रशासनसँग नजिकिँदा आफ्नो अर्थतन्त्रमा उछाल आउने सोचेको छ भने त्यो सरासर गलत सावित हुनेछ’, ग्लोबल टाइम्सले भनेको छ, ‘भारत-अमेरिकी आर्थिक सम्बन्धलाई अनुमान भन्दा ज्यादा आँक्दा भारत भड्किन पुग्नेछ जसका कारण आर्थिक विकासको गलत बाटोमा जानेछ । विकासको मामिलामा नयाँ दिल्‍लीले धेरै यथार्थवादी हुनु जरुरी छ।’

भारतीय पक्षले भने अमेरिकासँग नजिक भएको भन्दै चीनले आफूलाई धम्की दिइरहेको आरोप लगाएको छ । उता अमेरिका चीन भन्दा कयौँ गुणा शक्तिशाली भएर पनि आफुलाई यस्तो भाषा प्रयोग नगरेको उसको जिकिर छ ।

भारतले सबै कुराको ठेक्का चीनसँग नरहेको बताउँदै आएको छ। भारतले आफू निर्णय गर्न सक्षम रहेको भन्दै चीनले कुनै अर्ति उपदेश दिन जरुरी नरहेको बताउँदै आएको छ ।

‘अमेरिकातर्फ झुक्न छाडेर भारतले आफ्नो उत्पादन क्षेत्रलाई विकास गर्न ध्यान दिनु जरुरी छ । साथै उसले आफूलाई विश्वव्यापी आपूर्ति सञ्जालसँग जोड्नु पर्छ । जसका कारण उसको निर्यातको विस्‍तार भएर व्‍यापार घाटालाई कम गर्न सकोस’, रिपोर्टमा अगाडि भनिएको छ,’उसले नयाँ रोजगारी पैदा गर्नका लागि ध्‍यान दिनु जरुरी छ । जसले विकासलाई तीब्र गतिमा अगाडि बढाउन सकियोस ।’

चीन-अमेरिका व्यापार युद्धको चपेटामा भारत पर्ने आशंका बढिरहेका समयमा ग्‍लोबल टाइम्‍सको यो रिपोर्ट सार्वजनिक भएको हो । डोनाल्ड ट्रम्प रुससँग नरम र चीनसँग कडारुपमा प्रस्तुत हुनेतर्फ लम्किरहेका बेला यी दुई देशबीच व्यापार युद्ध हुने संकेत देखिएको हो ।

चीन-अमेरिका व्यापार युद्ध सुरु भयो भने यसले भारतीय अर्थव्यवस्थालाई ठूलो क्षति पुर्‍याउने अनुमान गरिएको छ । रिपोर्टमा यो व्यापार युद्धका कारण सूचना-प्रविधि र अमेरिकी बजारबाट भइरहेको निर्यातमा ठुलो असर पर्ने संकेत देखा परिसकेको जनाइएको छ।