• Thursday 29th , June 2017 | बिहिबार, असार १५, २०७४

‘संघीयता नेपालको लागि गलपासो हो’-चित्रबहादुर केसी

काठमाडाैं,  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता नेपालको लागि गलपासो बनेको कुरा पटक-पटक उठाउँदै आएका छन् । ‘संघियता नेपालको लागि गलपासो हो, मैले त पहिलेदेखि नै भन्दै आएको छु , मैले गाँजा खाएर यसो भनेको थिइन नि ।’ उनले सरकारले चुनाव गराउनै नचाहेको आरोप समेत लगाएका छन् ।

चुनाव हुँदैन, यो सरकारले हल्लामात्रै चलाएको हो’ बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमा पूर्वउपप्रधानमन्त्री केसीले प्रश्न गरे, ‘कहाँबाट हुन्छ चुनाव ?’उनले १९ वर्षसम्म स्थानीय निकायको चुनाव हुन नसक्नु पनि संघीयताको भुतले गर्दा भएको आरोप लगाए ।

उनले शुरुमा सरकारले चैत्र वा बैशाखभित्र चुनाव गराउने दाबी गरेको भएपनि त्यो सम्भावना टरेपछि अब जेठको रटान लगाउन थालेको आरोप लगाए । अध्यक्ष केसीले थपे, ‘अब हेर्दै जानुहोस् माघ लागेपछि सक्दैनौं भन्छन् ।’