बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

लिबियामा नेपालीहरुको विचल्ली

  • एसियन समाचार
  • प्रकाशित मिति : आइतवार, बैशाख १५, २०७६


काठमाडौं ।

द्वन्द्वग्रस्त लिबियामा दर्जनौ नेपाली फसेका छन् । राजधानी त्रिपोली छेउछाउका औद्योगिक प्रतिष्ठानमा कार्यरत नेपाली ज्यान जोगाउन नेपाल फर्किन चाहन्छन् । तर उद्धार गरिदिने कोही छैन ।

रुपन्देहीका गणेश थापा, तनहुका पूर्णबहादुर गुरुङ, बुद्धिबहादुर अधिकारी, लमजुङका अमृत गुरुङ , सुनसरीका राजु बिष्ट, दाङका भुवन आचार्य तथा अन्य स्थानका सनम बिश्वकर्मा,कृष्ण कोइराला र गुप्तबहादुर बिकलगायत २० जना नेपाली त्रिपोलीमा फसेका छन् ।

लिबियामा सरकार र आधा दर्जनभन्दा बढी बिद्रोही समूहबीच सशस्त्र युद्ध भइरहेको छ । विभिन्न बिद्रोही समूहले गाउँ कब्जा गरी आधार ईलाका बनाएका छन् । विद्रोही समूह क्रमश राजधानी त्रिपोली तर्फ अघि बढिरहेका छन् भने सरकारी सेना आधार ईलाकाबाट विद्रोही लखेट्न गाउँतर्फ बढेका छन् ।

नेपाली कामदारहरु फसेकाको स्थानभन्दा ३० किलोमिटरको दूरीमा भिषण युद्ध भइरहेको छ । क्षण क्षणमा बम बिस्फोटन र गोलीको पर्रा छुट्छ । युद्ध त्रिपोली छि¥यो भने ज्यान जोखिममा पर्ने त्यहाँ फसेका नेपालीले बताएका छन् । अन्तर्राष्ट्रिय रेडक्रस समिति ( आइसिआरसी ) ले पनि त्रिपोली ज्यादै अशान्त भएको बताएको छ । गाउँ र शहर दुवै युद्ध मैदानमा परिणत भएको आइसिआरसीले बताएको छ । राष्ट्र संघले लिबियामा ३ हजारभन्दा धेरै आप्रवासी फसेको जनाएको छ ।

नेपाली कामदार त्रिपोलीस्थित एक राइस मिलमा कार्यरत छन् । मिल परिसरबाट बाहिर निस्कन सकेका छैनन् । मिलमा कार्यरत लिबियाका नागरिकहरुले खाद्यान्न र सरसामान किनेर ल्याइदिन सहयोग गरेकोले थोरै राहत भएको एक नेपाली कामदारले बताए ।

लिबियामा फसेका नेपाली आफ्नै खर्चमा भए पनि नेपाल फर्किन चाहन्छन् तर उनीहरुलाई मिल मालिकले फर्काउन मानिरहेको छैन । कुटपिट र यातना दिएर काममा लगाइरहेको छ । लिबियामा नेपाली दूतावास छैन । इजिप्टस्थित नेपाली दूतावासले पठाएको ट्राभल डकुमेन्ट पनि उनीहरुको हातमा पर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology