बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

विद्यार्थी दिवश यसरी मनाए, सत्तारुढ दल निकट अनेरास्ववियु र अखिल क्रान्तिकारीले

  • एसियन समाचार
  • प्रकाशित मिति : बुधबार, जेष्ठ १, २०७६


काठमाडौं ।


आज ( बुधबार) जेठ १ गते विद्यार्थी आन्दोलन दिवस। ५५ वर्षअघि आजैका दिन पञ्चायतलाई घुँडा टेकाएर स्ववियु खोल्न पाउने अधिकार स्थापित भएको हो ।

त्यसैले आजको दिनलाई विशेषगरी वामपन्थी विद्यार्थी संगठनहरुले विद्यार्थी आन्दोलन दिवस मनाउने गरेका छन् । पञ्चायती व्यवस्थाको बिरोध गर्नेहरुको ताँतीमा विद्यार्थीहरु सबैभन्दा अगाडि थिए ।

अहिलेजस्तै त्योबेला पनि विद्यार्थीहरुको जोश, जाँगर मजाले देख्न पाइन्थ्यो । तिनै जोशिला र जाँगरिला विद्यार्थीहरुको सामु शासकवर्गलाई झुक्न कर लाग्थ्यो । त्यही झुकाइको एउटा दिन थियो(२०२१ जेठ १ गते ) । आज बिभिन्न विद्यार्थी संगठनहरुले त्यही दिनको स्मरण गर्दैछन् ।

यसैबीच  ५५ औं विद्यार्थी दिवसको अवसर पारेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनेरास्ववियु र अखिल क्रान्तिकारीले आज ( बुधबार) बिशाल र्याली तथा सभा आयोजना गरेका छन् ।

बुधबार बिहानै काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको बिद्यार्थीहरुको र्याली न्युरोडको भूगोल पार्कमा पुगेर कोणसभामा परिणत भएको अखिल क्रान्तिकारीका केन्द्रिय नेता तिलक उपाध्यायले जानकारी दिए । कोणसभालाई अनेरास्ववियुकी अध्यक्ष तथा सांसद नबिना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले संबोधन गरेका थिए ।

उनीहरुले राज्यको लगानी रहेको सार्वजनिक शिक्षा मजबूत्, नीजि विद्यालयहरुको मनलाग्दी शुल्क अन्त्य गर्ने लगायतका बिषयमा आफ्नो संगठनले निरन्तर संघर्ष गर्दै आएको बताए ।

उनीहरुले समाजवादी शिक्षा प्राप्तिको आन्दोलन र निजि शिक्षाको अन्तको लागि आफूहरु निरन्तर संगठन मार्फत संघर्ष गरिरहेने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology