बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

घाँसद्धारा बनाइएको पुल

  • एसियन समाचार
  • प्रकाशित मिति : आइतवार, असार ८, २०७६


एजेन्सी ।

पेरुको कुस्को इलाकामा रहेको अपुरिमैक नदीमा लगाइएको पुल ६ सय वर्ष पुरानो छ। तर उक्त पुलललाई प्रत्‍येक वर्ष डोरीले मर्मत सम्भार गरिन्छ। जसलाई त्‍यहाँको स्थानीय भाषामा इंका रोप ब्रिज भनिन्छ। किनकी यहाँ सबैभन्दा पहिले इंका साम्राज्‍यको बेला बाटो, पुल बनाउनको लागि डोरीको प्रयोग गरिन्थ्यो।

मोटो रस्सिको माध्‍यमबाट हावामा झुण्डिएर उक्त पुललाई हातले बुन्‍ने गरिन्छ जसको पछाडि ६ सय वर्ष पुरानो मानिसको आउने जाने साधनको रुपमा प्रयोग हुँदै आएको छ।

इंका नेटवर्कको एउटा हिस्सा इंका साम्राज्‍यको शहर तथा कस्बोला जोड्ने गर्दछ। युनेस्कोले यसला सन् २०१३मा विश्‍व सम्पदा सूचिमा समेत समावेश गरिसकेको छ।

पुरानो पुलको ठाउँमा नयाँ पुल बनाउने परम्परा वर्षौदेखि पुस्तान्तरण हुँदै आएको छ जसमा दुवै तर्फका युवाहरु एकजुट हुन्छन् र घाँसबाट डोरी बनाएर पुलको निर्माण गर्न तल्लीन हुन्छन्।

परम्पराका अनुसार पुल बनाउनमा मात्र दुईजना पुरुषहरु भाग लिनछन्। महिलाहरु नदीको दुवैतिर अग्लो ठाउँमा बसेर सानो सानो डोरी बाट्ने गर्छन्।

कामको पहिलो दिन सबै पुरुष पुरानो पुलमा जम्‍मा हुन्छन् र सानो सानो डोरीलाई ठूलो बनाउँछन्। मुख्‍य पुल ६ वटा बढी डोरीबाट बन्‍ने गर्छ। उक्त डोरीको मोटाई कम्तिमा पनि एक फुटसम्‍म हुन्छ, जसलाई पालतो पातलो १ सय २० वटा डोरीहरु मिलाएर बनाउने गर्दछन्।

यसको लागि एक स्थानीय मजबुत घाँस (जसलाई कोया इचु भनेर चिनिन्छ)को प्रयोग गरिन्छ। यसलाई सबैभन्दा पहिले ढुंगाबाट कुट्ने गरिन्छ। पछि पानीमा भिजाइन्छ किनकी यो नरम होस र बुन्‍नमा सजिलो होस्।

काममा लागेका मानिसहरुको लागि ललिज खानेकुराको व्‍यवस्था गरिन्छ जसमा चिकेन, गिनी पेगको डिश र नदीबाट समातिएको ट्राउट माछाबाट बनाइएको शानदार भोजको आयोजना गर्ने गरिन्छ। नयाँ पुल बनिसकेपछि पुरानो पुलको डोरी काट्ने गरिन्छ।फलस्वरुप उक्त डोरी नदीमा खस्छ र नष्ट हुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology