बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

नेकपाले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद छैन : ज्ञवाली

  • एसियन समाचार
  • प्रकाशित मिति : शनिबार, असार १४, २०७६


काठमाडौं ।

परराष्ट्रमन्त्री समेत रहेका नेकपाका नेता प्रदीपकुमार ज्ञवालीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अवलम्बन गर्ने सिद्धान्तका विषयमा कुनै विवाद नरहेको बताएका छन्। मदन भण्डारी बौद्धिक मञ्चले गरेको ‘समाजवादउन्मुख अर्थ व्यवस्था, आजको आवश्यकता’ विषयको गोष्ठीमा उनले पार्टीको अबको महाधिवेशनले मार्गदर्शक सिद्धान्तका बारेमा टुंगो लगाउने बताए।

नेकपाको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ वा ‘जनताको जनवाद’ विषयमा विवाद बढिरहेको भन्ने खबर आइरहेका बेला मन्त्री ज्ञवालीले सिद्धान्तका कारणले नेकपामा कुनै समस्या नआउने बताए। उनले पार्टीमा कुनै वैचारिक अन्योलता नरहेको जिकिर गर्दै कम्युनिष्ट अन्दोलनका विषयमा कुनै प्रश्न आएमा उत्तर खोज्न तयार रहनुपर्ने बताए।

ज्ञवालीले मदन भण्डारीले प्रतिपादन गरेको जबजको सिद्धान्तका कारण सङ्कटमा पर्दै गइरहेको कम्युनिष्ट आन्दोलनले सार्थकता पाउन सकेको बताए। ‘मदन भण्डारीले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका कमजोरीलाई समेत औँल्याउन सफल हुनुभयो’, ज्ञवालीले भने, ‘मार्क्सवादको सिद्धान्तलाई सिर्जनात्मक ढङ्गले विकास र प्रयोग गर्नमा जोड दियो।‘

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका ज्ञवालीले भण्डारीकै नीति र सिद्धान्त अवलम्बन गरेकै कारण नेपालमा कम्युनिष्ट पार्टीको लोकप्रियता उच्च रहेको बताए। ‘बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थाका कारण आज नेपालमा दुई तिहाइको कम्युष्टि सरकार निर्माण भएको छ’, उनले भने, ‘क्रान्ति र हिंसा कम्युनिष्ट पार्टीको पर्यायवाची शब्द हुन नसक्ने कुरामा भण्डारी सधैँ दृढ रहनुभयो।‘

शान्तिपूर्ण राजनीतिक प्रणालीलाई अवलम्बन गरेकै कारण देश कम्युनिष्टमय बनी दुई तिहाइको सरकार निर्माण भएको उनले बताए। उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई एउटै विशाल पार्टी बन्नुमा पनि भण्डारीको सिद्धान्तले काम गरेको बताए। उनले अब बन्ने समाजवाद नेपालको परिवेश अनुकूल लोकतान्त्रिक विशेषतायुक्त हुने बताए।

मन्त्री ज्ञवालीले सरकारले प्रभावकारी ढङ्गले कार्यसम्पादन गरिरहेको दाबी गरेका थिए। ‘सरकार गठन हुँदा सङ्घीयताले खुट्टा टेक्ने अवस्था थिएन’, उनले भने, ‘६० वटा कानून निर्माण भइसकेका छन्, आधारभूतरुपमा सरकारले काम गरिरहेको छ।‘ उनले राष्ट्रिय पूँजी निर्माण कमजोर रहेका कारण खर्च धान्न सरकारलाई हम्मेहम्मे परिरहेको बताए। उनले स्रोतसाधन नहुँदा अर्थतन्त्रमा छ मिलियन डलरको अभाव रहेको बताए।

ज्ञवालीले सरकारले ७.१ प्रतिशतले आर्थिक वृद्धि दर हासिल गरेको जानकारी दिँदै प्रतिकूलताका बाबजुद पनि अपेक्षित प्रगति हासिल गर्न सफल भएको बताए। ज्ञवालीले यो सरकारले विभिन्न मुलुकसँगको सम्बन्धलाई बलियो बनाउन सफल भएको बताए। ‘अन्तरराष्ट्रिय फोरममा नेपालका एजेण्डा राख्न सफल भएका छौँ’, उनले भने, ‘हाम्रा एजेण्डाले विषय पाउन थालेका छन्, यो पनि सरकारको सफलता नै हो।‘ उनले गहिराइमा गएर अध्ययन गर्ने बानीको अभावले समाज प्रतिक्रियात्मक बन्दै गइरहेको बताए। ‘अध्ययन नगर्नाले हल्लाका पछि लाग्ने जमात ठूलो हुँदैछ’, उनले भने, ‘अब बौद्धिक बहस र हस्तक्षेपको खाँचो छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology