बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

मालपोत–नापीका कर्मचारीको मिलेमतोमा रानीमहलको जग्गा व्यक्तिको नाममा

  • एसियन समाचार
  • प्रकाशित मिति : बुधबार, असार २५, २०७६


काठमाडौं ।

ऐतिहासिक एवं पुरातात्विक महत्त्वको पाल्पास्थित रानीमहल दरबारको जग्गा अतिक्रमण भएको छ। मालपोत–नापीका कर्मचारीको मिलेमतोमा रानीमहलको जग्गा व्यक्तिको नाममा कायम गरिएको हो।

राष्ट्रिय सतर्कता केन्द्रको छानबिनले रानीमहलको ३० रोपनी जग्गा अतिक्रमणमा भएको देखाएको छ। नापी विभागको नक्सामा कित्ताकाट नभएको जग्गा नापी कार्यालय पाल्पाको नक्सामा कित्ताकाट पाइएको केन्द्रका सूचना अधिकृत डोलनाथ अर्यालले जानकारी दिए।

साविकको बोधगुम्बा गाविस वडा नम्बर २ सिट नम्बर ०९९–०३२३ कित्ता नम्बर ४६५ को केही भाग र सिट नम्बर ०९९–०३२४ कित्ता नम्बर ४६५ मा रानीमहल छ। यो महलको जग्गा क्षेत्रफल नापी कार्यालयमा ५ रोपनी १२ आना २ दाम कायम छ।

तर, यसको उत्तर साविक खानीगाउँ वडा २ को सिट नम्बर ०९९–०३२४ को कित्ता नम्बर १६० मा १५ रोपानी १० आना १ पैसा २ दाम र कित्ता नम्बर १६६ मा १३ रोपनी ९ आना २ दाम छ। २०६० साल मंसिर १६ मा यो जग्गा कित्ताकाट गरी दुई कित्ता बनाइएको छ।

कित्ता नम्बर ६६० मा ५ रोपनी ३ दाम र कित्ता नम्बर ६६१ मा ८ रोपनी ९ आना १ पैसा १ दाम कायम भएको मालपोत कार्यालयको दर्ता किताबमा उल्लेख रहेको सतर्कताको छानबिनमा छ।

०६२ माघ १८ मा पाल्पा दरबारमा भएको आगलागीबाट मालपोत तथा नापी कार्यालयका कागजात जलेर नष्ट भएको थियो। कागजात नष्ट भएपछि रानीमहलको जग्गा नै गायब गरिएको छ। मालपोत, नापीसहित तत्कालीन गाविस समेतको मिलेमतोमा रानीमहलको जग्गा खुम्च्याइएको प्रतिवेदनमा उल्लेख छ।

यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology