बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

सेमिफाईनलमा न्युजिल्याण्डसंग किन हार्यो भारत ?

  • एसियन समाचार
  • प्रकाशित मिति : बिहिबार, असार २६, २०७६


लन्डन ।

न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। विश्वकपअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै साविक उपविजेता न्युजिल्यान्ड फाइनलमा पुगेको हो।

न्युजिल्यान्डले दिएको दुई सय ४० रनको मध्यम लक्ष्य पछ्याएको भारतले खराव सुरुवात गर्दै ४९.३ ओभरमा दुई सय २१ रन मात्र बनाउन सक्यो।

जवाफी ब्याटिङ गरेको भारतले पाँच रनमा तीन विकेट गुमाएको थियो। प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा, लोकेश राहुल र कप्तान विराट कोहली व्यक्तिगत एक÷एक रनमा पेभेलियन फर्किएका थिए। उनीहरुले एक रन बनाएर पेभेलियन फर्किनु नै भारतको हारको मुख्य कारण बन्यो । त्यसपछि दिनेश कार्तिक पनि व्यक्तिगत ६ रनमा आउट भएपछि भारत दबाबमा परेको थियो।

रिषभ पन्त र हार्दिक पाण्ड्याले ४७ रनको साझेदारी गर्दै टोलीलाई अगाडि बढाएका थिए। पन्त २४औं ओभरमा ३२ रन बनाउँदै पेभेलियन फर्किएका थिए। पाण्ड्या पनि ३२ रनमै आउट भए।

त्यसपछि रवीन्द्र जडेजा र महेन्द्रसिंह धोनीले एक सय १६ रनको साझेदारी गरेका थिए। जडेजाले ७७ रनको अर्धशतकीय पाली खेले। उनले ५९ बलमा चार छक्का र चार चौका हिर्काए।

धोनीले पनि ७२ बलमा ५० रन बनाए। ४८.३ ओभरमा धोनी रन आउट भएपछि भारतको सम्भावना सकिएको थियो। भारतको आशामा त्यही बेला तुषारापात भयो जब धोनी आउट भए ।

न्युजिल्यान्डका म्याट हेनरीले तीन विकेट लिए। यसैगरी मिचेल स्यान्टनर र ट्रेन्ट बोल्टले दुई÷दुई तथा लुकी फर्गुसन र जेम्स निसामले एक÷एक विकेट हात पारे।

यसअघि न्युजिल्यान्डले मंगलबार टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। तर कप्तान केन विलियम्सनको निर्णयलाई न्युजिल्यान्डका प्रारम्भिक ब्याट्सम्यानले सही सावित गर्न सकेनन्।

मार्टिन गप्टिल व्यक्तिगत एक रन बनाउँदै पेभेलियन फर्किएपछि कप्तान विलियम्सन र हेनरी निकोलसले पाली सम्हालेका थिए। यी दुईले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।

हेनरी २८ रनमा आउट भएपछि विलियम्सन र रस टेलरले न्युजिल्यान्डको पाली अगाडि बढाए। उनीहरुले ६५ रनको साझेदारी गरेका थिए। विलियम्सनले ६७ रनको अर्धशतकीय पाली खेले। उनले ९५ बलमा ६ चौका हिर्काए।

न्युजिल्यान्डले ४६।१ ओभरमा पाँच विकेट गुमाएर दुई सय ११ रन बनाएको अवस्थामा पानी पर्न थालेपछि खेल रोकिएको थियो। खेल रोकिँदा रस टेलर ६७ रनमा अविजित थिए। सोही अवस्थाबाट बुधबार खेल सुरु हुँदा न्युजिल्यान्डले बाँकी २३ बलमा २८ रन बनाउँदै तीन विकेट गुमाएको थियो।

न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ३९ रनको योगफल खडा गरेको थियो। अघिल्लो दिन ६७ रनमा अविजित रहेका टेलर ७४ रनमा पेभेलियन फर्किए। उनी रवीन्द्र जडेजाबाट रनआउट भएका थिए। न्युजिल्यान्डका कोलिन डे ग्रान्डहोमले १६, जेम्स निसामले १२ र टम लाथमले १० रन बनाए।

भारतका भुवनेश्वर कुमारले तीन विकेट लिए। यसैगरी जसप्रीत बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युजभेन्द्र चाहलले एकरएक विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology