बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

बारा पर्सामा सर्पदंशको बिगबिगी, दुईजनाको मृत्यु

  • एसियन समाचार
  • प्रकाशित मिति : सोमवार, साउन ६, २०७६


वीरगञ्‍ज- बाढी र डुबापछि पर्सा र बारामा सर्पदंशको घटनामा वृद्धि भएको छ।लागातार को वर्षाका कारण आएको बाढीपछि पर्सा बारामा सर्पदंशको बिगबिगी बढेको हो।

सर्पले दुइ दिनमा एक बालिका र एक जना बृद्ध गरि २ जनाको ज्यान गएको छ ।सर्पदँशबाट बारामा आइतबार एक बृद्धको ज्यान गएको थियो भने सोमबार पर्सामा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ।

बाढी र डुबान पछि पर्साको पर्सागढी नगरपालिकामा एक बालिकाको सर्पको टोकाइबाट ज्यान गएको छ ।पर्सागढी नगरपालिका वडा नम्बर ३ बढनिहारका स्थानीय स्थानीय रेशम थापाकी पाँच बर्षिया छोरी सृष्टी थापाको सर्पको टोकाइृबाट ज्यान गएको हो ।सृष्टिलाई आईतबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा सर्पले टोक्दा घाईते भएकी थिइन्।

राति नै सर्पले टोकेर घाईते भएकी उनको उपचारको लागि सोमबार मात्रै नारायणी अस्पतालमा भर्ना गरिएकोमा मृत्यु भएको हो ।सोमबार बिहान उपचार गराउन अस्पताल पुरयाइएकी सृष्टिलाइृ अस्पतालले मृत घोषणा गरेको हो।

यस्तै बारामा पनि आईतबार बिहान बिषालु सर्पले टोक्दा एक बृद्धको ज्यान गएको छ ।बाराको आदर्श कोतवाल गाउपालिका वडा नम्बर ३ बतरा टोलका ७४ बर्षिय बृद्ध नथुनी रामको सर्पको टोकाईबाट ज्यान गएको थियो।आइृतबार बिहान आफनै घरमा रहेको शौचालयमा शौच गर्न गएको बेला रामलाई बिषालु सर्पले टोक्दा उनको घटनास्थलमै ज्यान गएको थियो।

सावधानी अपनाउन चिकित्सकको सुझाव

बाढी आएर गईसकेपछि सर्पदँशको सम्भावना प्रबल रहने भएकाले यस्तो समयमा सर्पदँशबाट बच्न सावभ.धानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्।

बाढी र डुबानपछि दुलोभित्र लुकेर बसेका सर्प बिच्छीहरु दुलो बाहिर निस्कने भएकाले सर्पदँशको घटना हुने सम्भावना बढी हुने भन्दै यस्तो समयमा पर्याप्त साबधानी अपनाउन नारायणी अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले बताए।

उनले अहले बाढी आएर गईसकेपछि दुलोभत्र लुकेर बसेक सर्पहरु बाहिर निक्सने सम्भावना बढी हुने भन्दै घरमा सुत्दा खेरि राम्ररी सबै लुगाहरु सफा गर्ने,त्यसभित्र केही लुकेको भए त्यसलाई हेरेर मात्रै सुत्ने,खास गरि रातिको समयमा बाहिर ननिस्कने, निस्किनै परे खुटामा ठुलो खालको जुता लगाएर निस्कने जस्ता सावधानी अपनाउन सकिए सर्पदँशबाट बच्न सकिने डाक्टर सिँहको सुझाव छ।

उनले सकेसम्म सर्पको टोकाइबाट बच्ने तथा सर्पले टोकेपछि ढिला नगरि तत्कालै अस्पतालमा लैजाने सल्लाह पनि दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology