बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

पूर्वगृहमन्त्री शर्मा भन्छन्: ‘नेपाल प्रहरीलाई अनुसन्धानको जिम्मा दिऊँ,सुरक्षाको जिम्मा सशस्त्रलाई दिऊँ’

  • एसियन समाचार
  • प्रकाशित मिति : आइतवार, साउन १२, २०७६


काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद जनार्दन शर्माले नेपाल प्रहरीलाई अपराध अनुसन्धानको मात्रै जिम्मा दिएर सुरक्षाको सबै जिम्मा सशस्त्र प्रहरीलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।

आइतबारको राज्य व्यवस्था समितिको बैठकमा पूर्वगृहमन्त्री समेत रहेका शर्माले नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा मात्र सीमित गरेर सशस्त्र प्रहरीलाई सुरक्षाको जिम्मा दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

‘नेपाल प्रहरीको संख्या कम छ। तत्काल अनुसन्धान गर्नुपर्ने विषयमा नेपाल प्रहरीलाई दिऊँ, सुरक्षाको जिम्मा सशस्त्रलाई’, उनले भने, ‘कारबाही र खानतलासी गर्ने ठाउँमा जनपथलाई लगाऊँ। विमानस्थलमा सेना पनि हुन्छ, त्यसैले बाहिरी सुरक्षाको जिम्मा सशस्त्रलाई दिँदा हुन्छ।’

‘तत्काल अनुसन्धान गर्नुपर्ने ठाउँमा नेपाल प्रहरीलाई राखौं । त्यस्तो नपर्ने ठाउँमा सुरक्षा मात्रै गर्ने जिम्मा सशस्त्रलाई दिऔं ।’ शर्माले भने ।

शर्माले उदाहरण दिँदै भने, ‘विमानस्थलमा तत्काल पक्राउ गर्नुपर्ने, खानतलासी गर्नुपर्ने जिम्मा नेपाल प्रहरीलाई दिऔं, तर सुरक्षाको जिम्मा सशस्त्रलाई दिऔं ।’

शर्माको यो प्रस्तावमा अन्य सांसदहरुले पनि समर्थन जनाए ।

कांग्रेस सांसद बडुले सशस्त्र प्रहरीको काम कर्तव्य र अधिकार हेरेर सशस्त्र वा नेपाल प्रहरी कसलाई कुन जिम्मा दिने भनेर स्पष्ट पार्नुपर्ने बताए ।

पूर्व डीआईजीसमेत रहेका नेकपा सांसद नवराज सिलवालले राष्ट्रिय आयोजनाको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिनुपर्ने बताए । ‘विमानस्थल, राजमार्ग, राष्ट्रिय महत्वका आयोजनाको सुरक्षाको जिम्मा एपीएफलाई दिऔं,’ सिलवालले भने, ‘कारागारको सुरक्षामा नेपाल प्रहरीको पनि टोली राखौं ।’

राज्य व्यवस्था समितिमा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सन्चालन, सुपरीवेक्षण र समन्वयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल भएको छ । विधेयकको दफा ३ मा नेपाल प्रहरीको काम कर्तव्यको व्यवस्था छ ।

यही दफामाथि सांसदहरुले आ –आफ्ना धारणा राख्दै आएका छन् ।

छलफलको क्रममा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले निजी क्षेत्रका उद्योग र आयोजनाहरुबाट सुरक्षा कर लिनुपर्ने प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology