बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

जनयुद्धमा आधारित चलचित्रकी हिरोइन प्रेमा नाचेको तीज गीत (भिडियोसहित)

  • एसियन समाचार
  • प्रकाशित मिति : मङ्लबार, साउन १४, २०७६


काठमाडौं ।

जनयुद्धमा आधारित चलचित्र लालसलामकी नायिका प्रेमा गैरे नाचेको तीज गीत भिडियो सार्वजनिक भएको छ ।

बनाऔं नयाँ जीवन संस्कृति बोलको तीजगीत भिडियो ओएसआर डिजिटलबाट मंगलबार सार्वजनिक भएको हो । यसगीतमा प्रेमासंगै रिचा बुढाथोकी र अञ्जु बस्नेत सहितका कलाकारहरुहरुले नृत्य गरेका छन् ।

नेपाल पत्रकार महासंघ, दाङ शाखाका पूर्व अध्यक्ष, गीतकार एवं चलचित्र निर्देशक केएल बुढाथोकीको शब्द र निर्देशन रहेको यस गीतका संगीतकार सन्तोष श्रेष्ठ र संगीत संयोजक झलक संगीतम हुन् भने स्वर भूमिका अविरलको रहेको छ ।

मोडल एवं नृत्य प्रशिक्षक रिचा बुढाथोकीको कोरियोग्राफी रहेको यस गीतको छायांकन कृष्ण जीएम र सम्पादन मेक ब. थापाले गरेका हुन् ।

पहल नेपालको प्रस्तुती रहेको यस गीतले स्वस्थ मनोरञ्जनका साथै मानवता, सद्भाव र सामाजिक रुपान्तरणको सन्देश दिएको छ । पीपल चौतारामा खिचिएको नृत्यले भिडियोलाई निकै मौलिक र मनमोहक बनाएको छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology