बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

पूर्वमन्त्री प्रेमबहादुर सिंहको “संविधान निर्माण घटना र अनुभूति” नामक पुस्तक प्रकाशन हुँदै

  • एसियन समाचार
  • प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६


काठमाडौं ।
६ पटक मन्त्री भईसकेका पूर्वमन्त्री एवं समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहको “संविधान निर्माण घटना र अनुभुति” नामक पुस्तक प्रकाशन हुन लागेको छ ।

नेपालको संविधान निमार्ण र कार्यान्वयनका हरेक घटनाहरुमा लेखकको अनुभव र अनुभुति यो पुस्तकमा समावेश गरिएको छ ।

बौद्धिक राजनीतिज्ञ समेतको पहिचान बनाएका सिंह कर्णालीको एक मूर्धन्य व्यक्तित्व हुन् । कालीकोटमा जन्मिएर लामो समय नेपाली राजनीतिको केन्द्रमा छाएका सिंह संविधान निर्माणका एक मुख्य अभियन्ता समेत हुन् ।

उनले संविधान निर्माणका बेला मुख्यतः तीन दल(कांग्रेस, एमाले र माओवादी)लाई एक ठाउँमा ल्याएर विवादको समाधान गर्दै संविधान निर्माण गर्न अहंम भूमिका खेलेका थिए ।

पहिलो संविधान सभाको विघटन र फेरि दोस्रो पटक भएको संविधान सभाको चुनावमा समेत संविधान सभा सदस्य बन्दै मन्त्री भएका सिंहले संविधान निर्माणको अनुभवलाई गहन विश्लेषण गरि पुस्तकमा उतारेका छन् ।

पुस्तकमा नेपालको संविधान निमार्णको लागी पहिलो संविधान सभाले व्यतित गरेको १४६१ दिन (४ वर्ष १ दिन) र दोस्रो संविधान सभाले व्यतित गरेको ६३८ दिन (१ वर्ष ९ महिना ३ दिन) गरि संविधान सभाले संविधान निमार्णमा व्यतित गरेको जम्मा २०९९ दिन (५ वर्ष ९ महिना ४ दिन) को सम्पूर्ण घटना विवरण एवं विश्लेषण छ ।

पुस्तकबारे सिंह भन्छन् “संविधान निर्माणको बेला भएका प्रयासहरु दस्तावेजीकरण नहुने देखिएपछि मैले आफैं यसलाई दस्वावेजीकरण गर्ने प्रयास स्वरुप यो पुस्तक तयार गरेको हुँ, नेपालमा संविधान सभाबाट संविधान कसरी लेखियो भन्ने इतिहास भावि पुस्तालाई जानकारी होस् भन्ने हिसावले यो पुस्तक तयार गरिएको हो ।”

नेपालमा थोरै मात्र राजनीतिक नेताहरुले आफ्नो राजनीतिक जीवनको अनुभवलाई पुस्तकका रुपमा प्रकाशित गर्ने गरेका छन् । त्यसमा पनि संविधान निर्माणको कुरालाई त कसैले पनि किताबको आकार नदिएको बेला सिंहले त्यो कुरालाई दस्तावेजीकरण गर्ने प्रयास गरेका छन् ।

संविधान निमार्ण र कार्यान्वयन सम्वन्धि छरिएर रहेका हजारौं तथ्य तथ्यांकहरुलाई एकिकरण र सम्पादन गरी तयार पारिएको ‘संविधान निमार्ण : घटना र अनुभूति’ नामक पुस्तक नेपालको संविधान निमार्ण र कार्यान्वयन सम्वन्धी अभिरुची राख्ने पाठक,अध्ययन अनुुसन्धानकर्ता, शिक्षक, प्राध्यापक, विद्यार्थी, राजनीतिकर्मी, पत्रकार, कानुन व्यवसायी, न्यायकर्मी लगाएत सवै पाठकका लागी सन्दर्भ सामाग्री हुने लेखकको अपेक्षा छ ।

“संविधान निर्माण घटना र अनुभुति” नामक यो पुस्तकको पृष्ठसंख्या ६ सय ७६ रहेको छ र पुस्तकलाई ८ भागमा विभाजन गरिएको छ । यो पुस्तक आगामी भाद्र ७ गते काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि सार्बजनिक गरिने सिंहले जानकारी दिए ।

लेखकको परिचय

नाम : प्रेमबहादुर सिंह

ठेगाना : महाबै गा.पा. –४, कालिकोट

जन्म मिति : असार –७, २०१० (जुन २०,१९५३ )

 

राजनीतिक दायित्व 

अध्यक्ष – समाजवादी जनता पार्टी

उपाध्यक्ष – नेपाल मजदुर किसान संगठन ( २०३१–२०४७)

इन्चार्ज –माक्र्सवाद लेनिनवाद तथा माओत्सेतुङ विचारधारा अध्ययन मण्डल भेरी –कर्णाली (२०३५–२०३७)
केन्द्रिय सदस्य : नेकपा (एमाले) (२०४९–२०६१)

प्रवक्ता : संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन, नेपाल (२०६९–२०७०)

राजकिय दायित्व 

मन्त्री : कानुन तथा न्याय ( २०५३, २०५४ र २०६६ सालमा)

खानेपानी तथा सरसफाई (२०७२ र २०७३ )

विज्ञान तथा प्रविधि (२०७३–०७४)

सदस्य : राष्ट्रिय सभा सदस्य (२०४८–२०७४)

प्रतिनिधि सभा सदस्य (२०५६– २०६३)

संविधान सभा सदस्य: व्यवस्थापिका संसद सदस्य (२०६४–२०६९)

संविधान सभा सदस्य: व्यवस्थापिका संसद सदस्य (२०७०–२०७४)

संवैधानिक समिति, संवैधानिक – राजनीतिक संवाद तथा सहमति समिति, संविधान मस्यौदा समिति, कार्य व्यवस्था परामर्श समिति, राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन समिति, सार्वजनिक लेखा समिति, विधायन समिति, दुर्गम क्षेत्र समिति, कानुन न्याय तथा संसदीय समिति, संसदिय सुनुवाई विशेष समिति, सुरक्षा विशेष समिति,संविधानका विवादित विषय समाधान उच्च स्तरिय कार्यदल, विवाद समाधान उपसमिति, संविधान मस्यौदा एकिकरण कार्यदल लगायत संसद, संविधान सभा र व्यवस्थापिका संसदका विभिन्न समिति र उपसमिति, कार्यदलमा रही कार्य गरेको ।

विदेश भ्रमण : चीन, भारत, इजिप्ट, हङकङ, इटाली, जापान,रोमानिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड, यु.ए.ई.,फ्रान्स, भेटिकन सिटि, इथोपिया, मलेसिया, ओमन ।

शिक्षा : आइ .ए. सी पास, साहित्य,कला, संविधान, इतिहास, राजनीतिशास्त्र, समाजशास्त्र, पत्रकारिता, दर्शन, विज्ञान तथा प्रविधि, अर्थशास्त्र, कानुन लगाएत विभिन्न विधामा स्व–अध्ययन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology