बिहिबार, अशोज २, २०७६ Thursday 19th of September 2019

कालीकोटको पिली मोर्चाका शहीदहरुको सम्झनामा माइतीघर मण्डलामा दिप प्रज्वलन

  • एसियन समाचार
  • प्रकाशित मिति : बिहिबार, साउन २३, २०७६


काठमाडौं ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीको अन्तिम लडाईको मोर्चा कालीकोटको पिलीमा साहदत प्राप्त गर्ने चन्द्रमणि जैसी लगायत सम्पूर्ण शहीदहरुको सम्मान र स्मृती दिवशको सन्दर्भमा काठमाडौंको माइतीघर मण्डलामा दिप प्रज्वलन गरिएको छ ।

शहीद तथा वेपत्ता योद्धा सन्तती फाउन्डेसनले दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।

दिप प्रज्वलन कार्यक्रमलाई संबोधन गर्दै पिली मोर्चामा सहभागी तत्कालीन जनमुक्ति सेना नेपालका डिभिजन सहकमाण्डर तथा राष्ट्रिय सभाका सांसद जीवन बुढाले पिली मोर्चामा शहादत प्राप्त गर्ने २९ जना शहीदहरुको सपना पुरा गर्ने दिशामा आफू कटिबद्ध भएको बताए । “काठमाडौंको माइतिघर मण्डलामा आज हामी दिप प्रज्वलन गरिरहेका छौं, बुढाले भने, हामी त्यो पिली मोर्चामा यतिबेला लडाई लडिरहेका थियौं । आज मलाई स्मरण भईरहेको छ ।त्यही लडाइबाट पुरानो सत्ताले घुँडा टेकेको र शान्तिप्रक्रियाको सुरुवात भएको हो ।”

अधिबक्ता एकराज भण्डारीले शहीदका सपना अहिले पनि पुरा नभएको भन्दै आफू शहीदका सपना पुरा गर्न लागि परेको तर कतिपयले शहीदको बलिदानमा मोजमस्ती गरिरहेको बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सदस्य लक्ष्मी चौलागाईले लडाइँमा सहभागी भएर बाँचेकाहरुले शहीदको सपना पुरा गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा शहीद चन्द्रमणि जैसीका छोरा कपिल सुवेदी, शहीद जैसीका भाइ तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसी लगायतका बक्ताहरुले शहीदको सपना पुरा नभएकोले शहीदको सपना पुरा गर्न लाग्नुपर्नेमा जोड दिए ।

२०६२ साल साउन २३ गते आजैका दिन कालीकोटको पिलीमा रहेको तत्कालीन शाही नेपाली सेनाको ब्यारेकमा तत्कालीन माओवादीले आक्रमण गरि ६० जना शाही नेपाली सेनालाई कब्जामा लिई डेढ सातापछि छोडेका थिए । त्यही लडाइको क्रममा बिद्रोही तर्फबाट शहीद चन्द्रमणि जैसी लगायत २९ जनाले शाहदत प्राप्त गरेका थिए ।

दिप प्रज्वलन कार्यक्रममा कालीकोटबाट काठमाडौंमा बिभिन्न काम विशेष र अध्ययनका क्रममा आएर बसेका विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार


हाम्रो बारेमा

हाइलाइटस मिडिया प्रा लि द्वारा संचालित

एसियन समाचार ड्ट कम (asiansamachar.com)

सुचना विभाग दर्ता न. : 183/073-74

हाम्रो टिम

अध्यक्ष
पुष्प न्यौपाने
सम्पादक
दुर्गा पौड्याल
कर्णाली प्रदेश संयोजक
रमेश रावल
प्रबन्ध निर्देशक
पशुपता थापा
संवाददाता
पवित्रा थापा
बजार व्यवस्थापक
पूर्णप्रसाद देवकोटा
कानूनी सल्लाहार
सुर्यराज केसी

हाइलाइट्स मिडिया प्रा.ली.

सम्पर्क

हाइलाइट मिडिया प्रा. लि.
कुमारीपाटी, ललितपुर
सम्पर्क:,
९८५११२०५६२,
९८६१०४३५४७,
९८४०३३७०८३
ईमेल:
[email protected]
[email protected]asiansamachar.com
[email protected]asiansamachar.com

    Subscribe

© copyright 2016-2019 and all right reserved to Asian Samachar | Site By : SobizTrend Technology