• Wednesday 18th , October 2017 | बुधबार, कार्तिक १, २०७४

प्रवास

उग्र बन्दै गोर्खाल्याण्ड आन्दोलन, एक प्रहरीसहित दुई जनाको मृत्यु शुक्रबार, अशोज २७, २०७४ 0 responses एजेन्सी, भारतको पश्चिम बंगालमा अलग राज्य गोरखाल्याण्डको माग गर्दै भैरहेको आन्दोलनको उग्र रुप लिएको छ । बंगालको दार्जिलिङमा गोरखा जनमुक्ति मोर्चाका कार्यकर्ता तथा पुलिसबीच झडप भएको छ । दार्जिलिङको तकभर क्षेत्रमा शुक्रबार विहान भएको झडपमा एक सुरक्षाकर्मी र एक आन्दोलनकारीको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका...
एनआरएन अध्यक्षमा जमुना घलेको उम्मेदवारी घोषणा बिहिबार, अशोज २६, २०७४ 0 responses काठमाडौं, गैरआवासिय नेपाली संघ(एनआरएन) को नयाँ कार्यकालको लागि वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती जमुना (गुरुङ)घलेले उम्मेदवारी घोषणा गरेकी छिन् । बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलिया निवासी घलेले उम्मेदवारी घोषणा गरेकी हुन् । एनआरएन नेपालीको माग र अपेक्षालाई पूरा गर्न, महिला शक्तिकरण र सहभागितालाई स्थापित गर्न, सामूहिक नेतृत्वको...
अमेरिकामा नेपाली युवकले गरे झुण्डिएर आत्महत्या बिहिबार, अशोज २६, २०७४ 0 responses काठमाडौं, अमेरिकामा एक नेपाली युवकले आत्महत्या गरेका छन् । पुर्ख्यौली घर गुल्मी भई काठमाडौंको शंखमुल बस्दै आएका  २३ बर्षीय युवक प्रसिद्ध कडेल उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेका थिए । काठमाडौंको चेल्सी एकेडेमीमा पढेका उनी १५ महिना अघि विद्यार्थी भिसामा अमेरिका पुगेका थिए । उनले आफूबस्ने घरको लौन्ड्री रुममा झुन्डिएर आत्महत्या...
सडक दुर्घटनामा परी कतारमा एक नेपालीको मृत्यु बिहिबार, भदौ २९, २०७४ 0 responses दोहा, रोजगारीको लागि कतार रहेका एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीका सितगङ्गा गाउँपालीका वडा नं ४ पोकेडाडाका मधु घर्ति क्षेत्री रहेका छन् । कतारको दाहास्थित समाल रोडमा दुर्घटनामा परि घाईते भएका क्षेत्रीको उपचारको क्रममा ज्यान गएको हो । बिगत चार बर्षदेखि कतारको एक कम्पनीमा...
पोर्चुगलमा एक नेपालीले गरे सहकर्मी अर्का नेपालीको हत्या बिहिबार, भदौ २९, २०७४ 0 responses काठमाडौं, पोर्चुगलमा एक नेपालीले अर्का सहकर्मी नेपालीको हत्या गरेका छन् । पोर्चुगलको राजधानी लिस्वनको क्याम्पो पिकेनोस्थित एक चाईनिज रेष्टुरेण्टमा कार्यरत हरी जिसीलाई सोही कम्पनीमा कार्यरत अर्जुन सापकोटाले हत्या गरेका हुन् । आधा दर्जन नेपालीले काम गर्ने उक्त रेष्टुरेण्टले सापकोटालाई तीन दिनअघि कामबाट निकालिदिएको थियो । हरि जिसी, उनका भाई...
आबुधाबीमा कार्यरत नेपाली युवककोे ४० तलाबाट खसेर मृत्यु मङ्लबार, भदौ २७, २०७४ 0 responses काठमाडौं, दुबईको अबुधावीस्थित एक कम्पनीमा कार्यरत लमजुङका युवकको ४० तलाबाट खस्दा निधन भएको छ । मृत्यु हुनेमा बेंसीसहर नगरपालिका वडा नं. १०, बाँझखेत सिरुवारीका २९ वर्षीय टुकप्रसाद गुरुङ रहेको पारिवारिक स्रोतले जनाएको छ । परिवार साथै दुवैमा कार्यरत स्थानीयका अनुसार २ सय मिटर अग्लो ठाउँबाट खसेर उनको निधन भएको...
क्यानडामा धुर्मुस सुन्तलीलाई १० लाख सहयोगसहित सम्मान आइतवार, भदौ २५, २०७४ 0 responses क्यानडा, तराईमा बाढीका कारण पिडित बनेका तराई बासीहरुका लागि एकीकृत नमुना बस्ती निर्माणका लागि सहयोग जुटाउन क्यानडा पुगेका चर्चित हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई क्यानडामा सम्मान गरिएको छ ।सामाजिक अभियान्ता बन्दै दुखी, पिडित र असाहायहरुका लागि निरन्तर सामाजिक काममा सक्रिय रहेको भन्दै धुर्मुस सुन्तलीलाई उक्त...
पत्रकार महासंघ युरोप शाखाको उपाध्यक्ष पदमा पत्रकार गणेश पाण्डेयको जित निश्चित शनिबार, भदौ २४, २०७४ 0 responses नेपाल पत्रकार महासंघ युरोप शाखाका कार्यकारी सदस्य पत्रकार गणेश पाण्डेय गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको १० सेप्टेम्वर २०१७ मा हुने छैठौं राष्ट्रिय अधिवेशनको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनको विपक्षमा राजनितीक ध्रुविकरण सुरु भएको छ । तीन जनाको उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेद्वारी परेकोमा गणेश पाण्डेय...
घर फर्कने बेलामा कोरियामा एक नेपालीले गरे आत्महत्या बुधबार, भदौ २१, २०७४ 0 responses काठमाडौं, भिसा अवधि सकिएर नेपाल फर्कन दुई दिन मात्रै बाँकी रहँदा दक्षिण कोरियामा एक नेपालीले आत्महत्या गरेका छन् । बडिकेदार गाउँपालिका वार्ड न २ डोटीका नर बहादुर भाट क्षेत्रीले गत शनिवार आत्महत्या गरेका हुन् । चार वर्ष १० महिना अघि कृषि कामका लागि दक्षिण कोरिया पुगेका क्षेत्री पर्यटकीय क्षेत्र...
सामाजिक संजालमा अश्लिल गाली गर्ने साकारलाई नेपाल ल्याउने तयारी मङ्लबार, भदौ २०, २०७४ 0 responses काठमाडौं, केही सातादेखि सामाजिक संजालमा बिभिन्न अश्लिल गालीहरु गर्दै आएका शाकार अधिकारीलाई नेपाल अष्ट्रेलियाबाट नेपाल पठाउने तयारी शुरु भएको छ । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले नेपाली महावाणिज्य तथा नेपाली दुतावास सँग समन्वय गरी उनलाई नेपाल फर्काउने तयारी गरेको जानकारी दिएको छ । उनलाई नेपाल लैजानका लागि उनकी आमा रोजु...
नेपाली दुतावासले गर्यो युएईमा नेपाली बेच्ने ५१ तस्करको नाम सार्वजनिक मङ्लबार, भदौ २०, २०७४ 0 responses युएई, संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले ५१ जना मानव तस्करी गर्ने नेपालीहरूको नाम सार्वजनिक गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै अवैधानिक रुपमा नेपाली कामदार ओसारपसारमा संलग्न ५१ जना दलाल र तस्करहरुको नाम सार्वजनिक गरेको हो । दूतावासले नेपाली कामदारको शोषण र तस्करी गरेको आरोप लागेका म्यानपावर...
अमेरिकामा नेपालका बाढी पीडितको सहयोगार्थ कोष स्थापना मङ्लबार, साउन ३१, २०७४ 0 responses वाशिंगटन, अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले नेपालका बाढी पीडितको सहयोगार्थ कोष स्थापना गरी राहत संकलन थालेको छ । बाढी पहिरोले ठुलो धनजनको क्षति भएपछि कार्यकारी समितिको बैठकले क्षतिग्रस्त तथा पीडित परिवारलाई सहायता गर्ने उद्देश्यले कोष सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले ४५ हजार रकम संकलन गरि सकेको छ...
बाढी पिडितका लागि एनआरएन अमेरिकाद्वारा राहत संकलन कार्य शुरु आइतवार, साउन २९, २०७४ 0 responses अमेरिका, बाढीपहिरोबाट प्रभावित क्षेत्रका नेपालीका लागि एनआरएन अमेरिकाले राहत संकलन कार्य शुरु गरेको छ । साथै बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ लाभको कामना गरिएको छ । केही दिनेदेखि जारी पहिरो र बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै तत्कालका लागि राहत पुर्याउन सो संकलन...
गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा एक नेपाली पक्राउ बुधबार, साउन २५, २०७४ 0 responses काठमाडौं, दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतीय प्रहरीले नेपाली युवालाई सिलिगुढीबाट पक्राउ गरेको छ । आमाको उपचारका लागि सिलिगुढीस्थित फेमेली क्लिनमा पुगेका सूर्योदय नगरपालिका–१० इलामका २७ बर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुढी प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि नेपाली भएको प्रमाण पेश गर्न भनेको प्रहरीले मंगलबार पाँचवटा मुद्धा सहित...
दुर्घटनामा परि कतारमा एक नेपालीको मृत्यु शुक्रबार, साउन २०, २०७४ 0 responses कतार, दुर्घटनामा परि कतारमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षदेखि कतारको एक ट्रान्सपोर्ट कम्पनीमा कार्यरत लमजुङको दार्दी गाउँपालका वडा नं. ९ का ४० वर्षीया लिलाजंग गुरुङ रहेका छन् । साउन १५ गते आइतबार दिउसो दुर्घटनाबाट अल्फुतोह ट्रान्सपोर्ट कम्पनीका चालक गुरुङको निधन भएको कतारस्थित लमजुङ सेवा समाज...