• Wednesday 24th , January 2018 | बुधबार, माघ १०, २०७४

प्रवास

बाढी पिडितका लागि एनआरएन अमेरिकाद्वारा राहत संकलन कार्य शुरु आइतवार, साउन २९, २०७४ 0 responses अमेरिका, बाढीपहिरोबाट प्रभावित क्षेत्रका नेपालीका लागि एनआरएन अमेरिकाले राहत संकलन कार्य शुरु गरेको छ । साथै बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ लाभको कामना गरिएको छ । केही दिनेदेखि जारी पहिरो र बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै तत्कालका लागि राहत पुर्याउन सो संकलन...
गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा एक नेपाली पक्राउ बुधबार, साउन २५, २०७४ 0 responses काठमाडौं, दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतीय प्रहरीले नेपाली युवालाई सिलिगुढीबाट पक्राउ गरेको छ । आमाको उपचारका लागि सिलिगुढीस्थित फेमेली क्लिनमा पुगेका सूर्योदय नगरपालिका–१० इलामका २७ बर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुढी प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि नेपाली भएको प्रमाण पेश गर्न भनेको प्रहरीले मंगलबार पाँचवटा मुद्धा सहित...
दुर्घटनामा परि कतारमा एक नेपालीको मृत्यु शुक्रबार, साउन २०, २०७४ 0 responses कतार, दुर्घटनामा परि कतारमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा छ वर्षदेखि कतारको एक ट्रान्सपोर्ट कम्पनीमा कार्यरत लमजुङको दार्दी गाउँपालका वडा नं. ९ का ४० वर्षीया लिलाजंग गुरुङ रहेका छन् । साउन १५ गते आइतबार दिउसो दुर्घटनाबाट अल्फुतोह ट्रान्सपोर्ट कम्पनीका चालक गुरुङको निधन भएको कतारस्थित लमजुङ सेवा समाज...
पाँच करोड प्रतिबन्धित नोट बरामद बिहिबार, साउन १९, २०७४ 0 responses एजेन्सी, दिल्लीको गुरुग्रामस्थित एक घरबाट ५ करोड पुराना नोट बरामद गरिएको छ । न्युज एजेन्सी एएनआइका अनुसार दिल्लीस्थित गुरुग्राम भन्ने स्थानमा प्रतिबन्धित भारतीय ५ सय र १ हजारका ५ करोडबढी पुराना नोट फेला परेको हो । प्रहरीले प्रतिबन्धित रुपैंयासहित ३ व्यक्तिलाई सोधपुछका लागि हिरासतमा लिएको बताइएको छ ।
चट्याङ लागेर भारतको उडिसामा ११ को मृत्यु सोमवार, साउन १६, २०७४ 0 responses नयाँ दिल्ली, भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीका ११ व्यक्तिको मृत्यु भएको छ । उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ११ व्यक्तिको मृत्यु अधिकारीहरूले जनाएका छन् । चट्याङ लागेर मृत्यु भएकाहरु अधिकाँस किसान भएको र उनीहरु धान खेतमा काम गरिरहेको...
किर्नाको टोकाइबाट कोरियामा नेपाली युवकको मृत्यु सोमवार, साउन १६, २०७४ 0 responses काठमाडौं, रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया पुगेका एक नेपाली युवाको किर्नाको टोकाइका कारण निधन भएको छ । छनानको बंगुर फार्ममा पन्ध्र महिनादेखि काम गर्दै आएका धादिङका २५ वर्षीय माङ तामाङको किर्नाको टोकाइबाट निधन भएको हो । तामाङ चिन्दगी किर्ना नामक किराको टोकाइबाट संक्रमित भएपछि स्थानीय अस्पतालमा उपचारका...
मलेसियामा एक नेपालीको मृत्यु सोमवार, साउन ९, २०७४ 0 responses राजविराज, वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ । साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई ३ वर्षअगाडि रोजगारीको सिलसिलामा मलेसिया गएका थिए । मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर खाना खाएर काम गर्न गएका बेला उनलाई छाती...
यसरी भाग्न सफल भए युएईमा बेचिएका नेपाली नारी शनिबार, साउन ७, २०७४ 0 responses युएर्इ, दलाल मार्फत युएर्इको अलएेन स्थित एक म्यानपावर एजेन्सीमा बेचिएका तिन नेपाली महिला भगेका छन्। एक तलामाथि बन्धक कोठामा राखिएका दमक १४, झापाकी मिना अधिकारी, सिन्धुपाल्चाेक, चाैताराकी सुकुमाया तामाङ् र र्इटहरी,पिपलचोककी शोभा मुसर झ्यालबाट हाम फालेर भागेका हुन्। नेपालबाट दुर्इ महिना (जेष्ठ १९) अघि भारतको नयाँ दिल्लीमा एक महिना...
बन्दीगृह भित्रै अभियुक्त मारिएपछि प्रहरीविरुद्ध हिंसात्मक प्रदर्शन बिहिबार, साउन ५, २०७४ 0 responses सिमला, भारतको सिमलास्थित एक बन्दीगृहमा रहेका एक युवा प्रहरी हिरासतमै मारिएपछि त्यसको चौतर्फी विरोध भएको समाचार छ । सामुहिक बलात्कार र त्यसपछि युवतीको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका युवा प्रहरीको कुटाइबाट मारिएको बताइएको छ । सो घटनालाई प्रहरी यातनाको पराकाष्ठा भन्दै सिमला बजार क्षेत्रमा बिहीबार सयौँको सङ्ख्याका प्रदर्शनकारीले प्रहरी...
गोर्खाल्याण्ड आन्दोलनमा फेरि एकको ज्यान गयो, पाँच जना घाइते मङ्लबार, साउन ३, २०७४ 0 responses दार्जिलिङ, पश्चिम बंगालको नेपाल-भारत सीमावर्ती मिरिक बजारमा सोमबार राति भारतीय अर्धसैनिक बल सिआरपीएफको गोलीबाट गोर्खाल्याण्ड पक्षधर एक जनाको ज्यान गएको छ । गोर्खाल्याण्डको पक्षधर गोर्खा जनमुक्ति मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ताबीच झडप हुन खोज्दा सिआरपीएफले चलाएको गोलीबाट मिरिकको मकरजुङ गाउँका ४५ बर्षीय आशिष तामाङको मृत्यु भएको स्थानीय पत्रकार मनोहर...
कश्मिरमा गोर्खा सैनिकका मेजरको हत्या मङ्लबार, साउन ३, २०७४ 0 responses एजेन्सी, भारत प्रसाशित जम्बु कश्मिरमा आफ्नै सैनिक जवानले एक गोरखा सैनिकका मेजरको हत्या गरेका छन् । गोरखा सैनिकका मेजर शेखर थापामाथि एक जवानले गोली चलाउँदा उनको मृत्यु भएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । भारतीय वेबसाइट न्यूज २४ का अनुसार जवानले मोबाइलमा धेरै कुरा गरेको भनी मेजरले हपारेका थिए...
इन्डियन आइडल प्रशान्त तामाङ प्रहरी सेवाबाट बर्खास्त सोमवार, साउन २, २०७४ 0 responses एजेन्सी, सन् २००७ मा इन्डियन आइडल बनेका कोलकाता प्रहरीमा कार्यरत चर्चित गायक एवं नायक प्रशान्त तामाङलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ । दार्जिलिङ निवासी नेपालीभाषी गायक तामाङलाई लामो समयसम्म गयल भएको भन्दै बर्खास्त गरिएको हो । इन्डियन आइडल बन्नुअगावै प्रहरी सेवामा रहेका तामाङलाई कोलकाता प्रहरीले लामो समयदेखि जागिरमा गयल...
बस र ट्रक आपसमा ठोकिंदा १० को मृत्यु, कम्तिमा २३ घाइते शनिबार, असार ३१, २०७४ 0 responses नयाँदिल्ली, दक्षिणी भारतको तमिल नाडु राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ भने, २३ जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ । यात्रुबहाक बस र स्टील ढुवानी काममा लागेको एक ट्रक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले शनिबार जनाएको छ । तमिल नाडु प्रान्तीय राजधानी चेन्नाइबाट...
गोर्खाल्याण्डको विरोध अब प्राकृतिक साधनमा, बंगालको बिजुली काटियो बिहिबार, असार २९, २०७४ 0 responses दार्जीलिङ, भारतको दार्जीलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको प्रभाव अब प्राकृतिक स्रोत साधनको वितरणमा समेत देखिन थालेको छ । आन्दोलनकारीहरुले पश्चिम बंगालको महत्वपूर्ण विद्युत आपूर्ति बन्द गरिदिएका छन् । आन्दोलनकारीहरुले मङपु समष्टिमा रहेको टिस्टा जलविद्युत परियोजना–३ मा तालाबन्दी गरेर बुधबारदेखि विद्युत आपूर्ति बन्द गरिदिएका हन् । परियोजनाका सवारी चालकहरुले हाकिमलाई साँचो...
भीषण बाढी पहिरोमा परी कम्तीमा ६ को मृत्यु बुधबार, असार २८, २०७४ 0 responses नयाँदिल्ली, भारतीय राज्य उत्तराखण्डमा आएको भीषण बाढी पहिरोमा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ । गत ४८ घण्टाभित्र परेको अबिरल वर्षामा परी ती छ व्यक्तिले ज्यान गुमाएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । मृतकमध्ये तीन शव मुसोरीनजिकै, अर्को एक शव प्रान्तीय राजधानी देहरादुनको रिसपाना नदी छेउमा र अरू दुई...