• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

प्रवास

पाकिस्तानी अदालतमा आत्मघाती बम आक्रमण, १ वकिलसहित ६ काे मृत्यु मङ्लबार, फाल्गुन १०, २०७३ 0 responses एजेन्सी,  पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक जना वकिल रहेका छन् भने पाँच जना आक्रमणकारी रहेकाे बताइएकाे छ  । सो घटनामा अन्य ३० जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्...
फिलिपिन्समा विद्यार्थी बोकेको बस दुर्घटना, चालकसहित १४ को मृत्यु ४० घाइते मङ्लबार, फाल्गुन १०, २०७३ 0 responses एजेन्सी, फिलिपिन्समा बिदा मनाउन गइरहेका विद्यार्थी बोकेको बस दुर्घटना हुँदा क्याम्पस तहका १३ जना विद्यार्थी र एक जना चालकसहित १४ जनाको सोमबार मृत्यु भएको छ । मनिलामा रहेको एक निजी विद्यालयको सो बसमा ५० जना किशोरकिशोरी रहेका थिए । चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको क्षेत्रीय प्रहरी कार्यालयका प्रवक्ताले जानकारी...
हिटलरको फोन दुई लाख ४३ हजार डलरमा लिलाम सोमवार, फाल्गुन ९, २०७३ 0 responses एजेन्सी, दोस्रो विश्वयुद्ध ताका जर्मन शासक एडोल्फ हिटलरले प्रयोग गरेको टेलिफोन लिलामी भएको छ। अमेरिकामा १ लाख डलरबाट सुरु भएको लिलाम बडाबडमा एकजनाले दुई लाख ४३ हजार डलरमा टेलिफोन सेट किनेका हुन्। टेलिफोन किन्ने नामको भने सार्वजनिक गरिएको छैन। सो टेलिफोनबाट हिटलरले दोस्रो विश्वयुद्धको पछिल्ला दुई वर्षसम्म विभिन्न आदेश दिएका...
अमेरिकी वायु सैनिक दक्षिण चीन सागरमा सोमवार, फाल्गुन ९, २०७३ 0 responses एजेन्सी, अमेरिकी वायु सैनिकको एक टुकडी दक्षिण चीन सागरमा प्रवेश गरेको छ। अमेरिकी नाभीले आफ्नो नियमित अप्रेसनका क्रममा आफ्ना सैनिक दक्षिण चीन सागरमा प्रवेश गरेको जनाएको छ । आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप नगर्न चीनले चेतावनी दिएको भोलिपल्टै अमेरिकी सैनिक दक्षिण चीन सागरमा प्रवेश गरेको हो। यूएसएस कार्ल भिजन वायु सेनाको...
इन्टरनेट एक्सेसबाट दोहोरो कुराकानी गर्नसक्ने गुडिया ‘केयला’ नष्ट गर्न सरकारको आदेश आइतवार, फाल्गुन ८, २०७३ 0 responses जर्मनीको दुरसञ्चार संस्थानले मान्छेसँग दोहोरो कुराकानी गर्नसक्ने गुडिया ‘केयला’ लाई नष्ट गर्न आदेश दिएको छ । यसभित्रको स्मार्ट प्रविधिबाट निजी डाटाको जानकारी ह्याकरको हातमा पुग्न सक्ने खतरा औंल्याउँदै यस्तो आदेश दिइएको हो । स्मार्ट डल केयला यस्तो गुडिया हो, जसले कुनै पनि प्रश्न सोधिँदा इन्टरनेट एक्सेस गरेर जवाफ दिन...
टर्कीमा कार बम बिस्फोट, दुईको मृत्यु १७ घाइते शनिबार, फाल्गुन ७, २०७३ 0 responses एजेन्सी, टर्कीमा एक आवासीय परिसरमा कारबम विस्फोट हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । टर्कीको दक्षिणपूर्वी क्षेत्रको भिरानशेहिर शहरमा अवस्थित आवासीय क्षेत्रमा पार्किङ स्थलमा विस्फोटक पदार्थले भरिएको कार विस्फोट भएको स्थानीय अधिकारीले जनाएका छन् । विस्फोटका कारण उक्त भवनमा ठूलो क्षति...
किम जोङ नामको हत्यामा संलग्न रहेको आशंकामा एक उत्तर कोरियाली पक्राउ शनिबार, फाल्गुन ७, २०७३ 0 responses एजेन्सी, मलेसियामा हत्या गरिएका उत्तर कोरियाली शासक किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको हत्यामा संलग्न रहेको आशंकामा एक जना उत्तर कोरियालीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ४६ वर्षिय रि जोङ चोल रहेको प्रहरीले जनाएको छ । यसअघि इन्डोनेसियाली र मलेसियाली महिला सहित एक जना भियतनामी पुरुष...
कतारमा अलपत्र ८० नेपालीलाई नयाँ शक्ति कतारद्वारा राहत वितरण शनिबार, फाल्गुन ७, २०७३ 0 responses दोहा, कतारमा अलपत्र परेका ८० जना नेपालीलाई नयाँ शक्ति निकट अन्तर्राष्ट्रिय नेपाली समाज कतारले राहत सामग्री वितरण गरेको छ । वैदेसिक रोजगारीको शिलशिलामा कतार पुगेर दुई महिनादेखि अलपत्र नेपालीलाई समाजले एक लाख ५० हजार बरारबको खाद्यान्न सहयोग गरेको समाजका संयोजक बिबी खरालले जानकारी दिए । कतार ल्याउने कम्पनी सञ्चालक...
लुटपाट र चन्दा असुलीको आरोपमा मलेसियामा ११ नेपाली पक्राउ शुक्रबार, फाल्गुन ६, २०७३ 0 responses लुटपाट तथा चन्दाअसुलीको अभियोगमा मलेसियाली प्रहरीले ११ जना नेपालीलाई पक्राउ गरेको छ । उनीहरुले ‘पेनाङ योङ स्टार ग्रुप’ सञ्चालन गरि मलेसियामा नेपालीहरुसाग चन्दा असुली गर्ने, लुटपाट गर्ने लगायतका गतिविधि गर्दै आएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले खबर प्रकाशन गरेका छन् । प्रहरीले बुधबार मध्यरातमा पेनाङको जुरुबाट ६ जना र...
गत चार दिनको अवधिमा पाकिस्तानमा छुट्टाछुट्टै विस्फोटनमा परी १०१ जनाको ज्यान गयाे शुक्रबार, फाल्गुन ६, २०७३ 0 responses एजेन्सी,  पाकिस्तानमा गत चार दिनको अवधिमा सात ओटा विस्फोटनका घटना भएका छन् । ती विस्फोटनहरुमा परी कम्तीमा १०१ जनाको ज्यान गएकाे छ भने ३०० जनाभन्दा बढी घाइते भएका छन् । पछिल्लो पटक बिहीबार बेलुका भएकाे अर्को शक्तिशाली आत्मघाती बम आक्रमण हुँदा कम्तिमा ७२ जनाकाे मृत्यु भएकाे छ । उक्त अाक्रमण...
अमेरिका हिँडेका तीन सय बढी नेपाली मेक्सिकोमै रोकिए, २३ नेपाली अमेरिकी जेलमा बिहिबार, फाल्गुन ५, २०७३ 0 responses अमेरिका प्रवेशको आशमा हवाई, स्थल र जलमार्ग हुँदै महिनौ लगाएर मेक्सिको पुगेका तीनसय भन्दा बढी नेपाली अमेरिकी र मेक्सिकोको सीमामा अड्किएका छन् । मानव तस्करहरुको पछि लाग‍ेर उनीहरु २३ महिनासम्म समय लगाएर त्यहाँ आइपुगेका हुन् । सामान्य पढेलेखेकादेखि स्नातकोत्तर गरेकासम्मले अमेरिका आउन त्यस्तो बाटो रोजेका छन् । उनीहरुले न्युनतम...
सुरक्षा कारबाहीमा अफगानिस्तानमा २६ लडाकू मारिए बुधबार, फाल्गुन ४, २०७३ 0 responses एजेन्सी, अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा २६ जना लडाकूको मृत्यु भएको छ भने अरु आठ जना घाइते भएका छन् । ‘गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा विद्रोहीविरुद्ध सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा २६ जना मारिएका छन्, थप आठ जना घाइते भएका छन्,’ रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ...
मलेसियामा उत्तर कोरियाली नेता किमका दाजुको हत्या बुधबार, फाल्गुन ४, २०७३ 0 responses एजेन्सी, उत्तर कोरियाली नेता किम जोङ्ग उनका सौतेनी दाजु ४५ वर्षीय किम जोङको मलेसियामा हत्या भएको छ । उनको मलेसियालको क्वालालाम्पुरस्थित विमानस्थलमा दुई जासुसी महिलाले विष भरिएको सुई प्रहार गरी हत्या गरेको दक्षिण कोरियाली टेलिभिजनलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । दक्षिण कोरियाको केबल टेलिभिजन टीभी चोसुनले किमको...
इन्डोनेसियामा बाढीपहिरोमा परी १२ जनाको निधन शुक्रबार, माघ २८, २०७३ 0 responses एजेन्सी, इन्डोनेसियाको बालीमा रहेको बाङ्गली जिल्लाका दुई  गाउँमा शुक्रबार गएको  बाढीपहिरोमा परी १२ जनाको निधन भएको छ । घटनामा परी अन्य पाँच जना घाइते भएका प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अवान र सुकावान गाँउमा पहिरो गएको हो । मृतक सवैको शव पहिरोबाट निकालिएको छ...
नवजात शिशु किनबेच गरेको आरोपमा आठ जनालाई जेल सजाय शुक्रबार, माघ २८, २०७३ 0 responses एजेन्सी,  चीनको साघाइमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ जना व्यक्तिलाई जेल सजाय दिएको छ । ती नवजात शिशुहरु सातदेखि २७ महिनासम्म रहेका छन् । ती शिशुहरुलाई दुई हजारदेखि पाँच हजार युआनमा बेचिएको सो अदातलले जनाकारी दिएको छ । करिब पाँच हजार नवजात शिशु यसरी बेचिएका...