• Friday 23rd , June 2017 | शुक्रबार, असार ९, २०७४

मुख्य खबर

प्राधिकरणले दियो गाँउपालिकालाई समेत गुनासो व्यवस्थापन गर्ने अधिकार बिहिबार, असार ८, २०७४ 0 responses काठमाडौं, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ संरचना गठन भएसंगै गाँउपालिकासम्मलाई पुनर्निर्माणसम्बन्धी गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्योजन गरेको छ । प्राधिकरणको कार्यकारी समितिको वैठकको निर्णय अनुसार बिहिवारदेखि प्राधिकरणले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण, अन्य भौतिक पूर्वाधारहरुको पुनर्निर्माण, आर्थिक तथा सामाजिक पुर्नस्थापना सम्बन्धी गुनासोहरु सरल एवं व्यवस्थित तवरबाट व्यवस्थापन गरी सम्बोधन...
शुक्रबार ४:३० देखि अन्तराष्ट्रिय विमानस्थल बन्द रहने, यस्तो छ कारण बिहिबार, असार ८, २०७४ 0 responses काठमाडौं, शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द हुने भएको छ। दिउँसो ४ बजेर ३० मिनेटदेखी ५ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द हुने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए। विमानस्थल बन्द भएपछि उडान र अवतरणको सम्पूर्ण काम ठप्प हुन्छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को नियम अनुसार प्रत्येक दुइ/दुई...
गृह मन्त्रालयले सार्वजनिक गर्यो नयाँ मर्यादाक्रम सूचि: हेर्नुहोस् को कति नम्बरमा बिहिबार, असार ८, २०७४ 0 responses नेपाल सरकार गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारी समेतलाई समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ ।जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ भने दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौमा स्थानमा सभामुख रहने व्यवस्था गरिएको छ । यस्तै पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैठौ मर्यादाक्रममा रहने प्रावधान राखिएको छ । यस्तै...
विवादित बोधिचित्तको फल प्रहरी नियन्त्रणमा बिहिबार, असार ८, २०७४ 0 responses बनेपा, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको एउटा रूखमा फलेको बोधिचित्तको फलमा विवाद भएपछि त्यसलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । टिपेको फलमा तीन पक्षले नै आफ्नो भएको जिकिर गरेपछि करिब चार पोका बहुमूल्य बोधिचित्तको फल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनले यसलाई...
अनियमितता, ठगि र दुव्र्यवहार गर्ने खाइवा नेकपाको जनकारबाहीमा बुधबार, असार ७, २०७४ 0 responses रौतहट, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रौतहट जिल्लामा जनकारबाही गरेको छ । अनियमितता, सुराकी, गलत नैतिक आचरण लगायतका आरोप लगाएर नेकपाले जुटबेला फूलवारी– २ हिलेखोला निवासी मानध्वज सिंह खाइवालाई मंगलबार जनकारबाही गरेको नेकपा रौतहटले जनाएको छ । चन्द्रपुर नगरपालीका वडा नम्बर २ हिलेखोलाका मानध्वज थिङ खाइवा माथि...
एमाले उम्मेद्वारको घरमा बम बिस्फोट, एक जना घाइते बुधबार, असार ७, २०७४ 0 responses खोटाङ, नेकपा (एमाले) बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा कोठामा बसेर खाना खाइरहेको अवस्थामा गए राति बम विस्फोट गराइएको हो । नचिनिएको समूहले गराएको बम...
रोल्पा नगरपालिकाका १३ उम्मेद्वाराद्वारा उम्मेद्वारी फिर्ता मङ्लबार, असार ६, २०७४ 0 responses रोल्पा, रोल्पा नगरपालिकाबाट १३ जनाले स्थानीय तह चुनावका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिएका सबै स्वतन्त्रमा उम्मेदवारी दिएकाहरु रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पा नगरपालिकाले जनाएको छ । मेयर लागि स्वतन्त्रबाट उम्मेदवार दिएका ऋषिराम रोका, उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी देउकला कुमारी घर्तीले उम्मेदवारी फिर्ता लिएका हुन् ।...
काँग्रेसको चुनावी प्रचारमा हिंडेको जिप दुर्घटना: एकको मृत्यु, ९ घाइते मङ्लबार, असार ६, २०७४ 0 responses अर्घाखाँची, अर्घाखाँचीमा काँग्रेसको चुनाव प्रचारका लागि हिंडेको जिप दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् । लु १ ज १९५८ नम्बरको जिप पाणिनी गाउँपालिकामा दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु हो । घाइते ९ जनाको मिसन अस्पताल तानसेन...
नेपालगन्जमा प्राइभेट गाडी दुर्घटना, एक जना डाक्टरको मृत्यु चार डाक्टर घाइते सोमवार, असार ५, २०७४ 0 responses दाङबाट नेपालगन्ज जाँदै गरेको प्राइभेट गाडी वाँकेको अगैयामा रोकिराखेको ट्रकसंग ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा डा. अमन किदवाई रहेका छन् । त्यसैगरि अन्य घाइतेहरुमा डा.असिम किदवाई, डा. आयुष्मा अधिकारी र डा. विषम अधिकारी रहेका छन्...
पोखरामा प्याराग्लाइडिङ दुर्घटना,एकको मृत्यु सोमवार, असार ५, २०७४ 0 responses प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा सोमबार एक जनाको मृत्यु भएको छ। पोखरा लेखनाथ महानगरपालिका ३३ का प्रभात सुवेदीको प्याराग्लाइडिङ दुर्घटनामा परी फेवातालमा डुबेर मृत्यु भएको हो। ब्लूस्काई प्याराग्लाइडिङबाट स्लो पाइलट रहेका २७ वर्षिय सुवेदीको प्याराग्लाइडिङ सिक्ने क्रममा सेफ्टी कोर्षमा सहभागी हुँदा दुर्घटनामा परेका थिए। सराङकोटबाट उडान गरेर फेवाताल किनारामा आउँदै...
बन्द भयो ड्राइभिङ लाइसेन्सको परीक्षा र ट्रायल: कारण यस्तो छ सोमवार, असार ५, २०७४ 0 responses काठमाडौं, वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा लिने र परीक्षण गर्ने (ट्रायल लिने ) काम बन्द भएको छ । कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा खटिएकाले दुवै काम बन्द भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले राससलाई जानकारी दिए...
एसिड आक्रमणको केशमा कानुनीव्यवस्था परिवर्तन गरिंदै सोमवार, असार ५, २०७४ 0 responses काठमाडौं, दुई वर्ष अगाडि १६ वर्षकी संगिता मगरलाई ताकेर गरिएको एसिड आक्रमणमा उनीसहित उनकी साथी समेत त्यसको सिकार भए । जसबाट उनीहरुको जीवन नै मसानघाटसरह भयो तर, ०७१ साल फागुनमा काठमाडौंको एक ट्युसन सेन्टरमा भएको उक्त एसिड हमलाको क्षतिपूर्ति पीडितले अझै पाएका छैनन् । तत्काल क्षतिपूर्तिका लागि नेपालको कानुनमा...
संबैधानिक परिषदको बैठकले प्रधानन्यायाधिसको नाम सिफारिस गर्न सकेन सोमवार, असार ५, २०७४ 0 responses काठमाडौं, सोमबार बसेको संबैधानिक परिषदको बैठकले प्रधानन्यायाधिसको नाम सिफारिस गर्न सकेन । बैठकमा न्याय परिषदले सिफरिस गरेका ६ जना मध्येबाट प्रधानमन्त्री देउवाले कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव पेश गरेका थिए । बैठकमा प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव गरेका...
थवाङमा विप्लव र माडीमा अनन्तलाई अप्ठ्यारो पार्न यस्तो षड्यन्त्र सोमवार, असार ५, २०७४ 0 responses एसियन डेस्क, थवाङ नेपाल कम्युनिष्ट पार्टीको गढ हो भन्ने कुरा गएको आठौं महाधिवेशनले पुष्टी गरेको छ । महाधिवेशनकै क्रममा थवाङले निर्वाचन पूर्णरुपमा खारेजको निर्णय गरेको थियो । प्रहरी चौकिमा नेकपाको झण्डा गाडिएका दृष्यहरु थवाङ गएको जो कोहिले आफ्नो क्यामेरा वा मोवाइलमा कैंद गरेको हुनसक्छ । थवाङले राजनीतिक दलको उपस्थितीका...
तपाई पत्याउन सक्नुहुन्छ ? चार करोडमा कार पार्किङ खरिद आइतवार, असार ४, २०७४ 0 responses एसियन डेस्क, प्राय एशियाली मुलुकहरुमा दुई चार करोडमा कम्तीमा घर,अपार्टमेन्ट किन्न सकिन्छ । अब त्यो कुरा पुरानो हुँदैछ । विश्वका महंगा शहरमध्य पर्ने हङकङमा एक जना व्यक्तिले ४ करोडमा एउटा कार पार्किङस्थल खरिद गरेका छन् । उनले खरिद गरेको कार पार्किङक्षेत्र जम्मा एउटा कारको स्पेस हो ।