• Wednesday 24th , January 2018 | बुधबार, माघ १०, २०७४

मुख्य खबर

अन्ततः तोकियो प्रदेशको अस्थायी राजधानी तथा प्रदेश प्रमुख बुधबार, माघ ३, २०७४ 0 responses लामो समयको अनिश्चयलाई चिर्दै बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले अन्ततः सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ। प्रदेशका अस्थायी केन्द्र प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ। प्रदेशका प्रमुख...
मृगलाई ताकेको गोली लागि महिला घाइते भएपछि चारजना युवक पक्राउ बुधबार, पुस ५, २०७४ 0 responses  काठमाडौं , बुधबार दिउँसो करिब २ बजे टोखाको जंगल छेउ गोली चलेको आवाज आयो । लगत्तै, प्रहरी वृत्त महाराजगञ्जका डीएसपी योगगन्द्रसिंह थापासहितको प्रहरी टोली त्यहाँ पुग्यो । घटनामा जंगल छेऊ घाँस काट्दै गरेकी ३५ वर्षीय दुर्गा दुलाल घाइते भइन् । शिवपुरी वन्यजन्तु आरक्षण केन्द्र नजिकबाट गोली चल्दा उनी घाइते...
बंगलादेशको शोकसभामा भागदौड हुँदा कम्तीमा १० को मृत्यु, ४० जना घाइते मङ्लबार, पुस ४, २०७४ 0 responses काठमाडौं , बंगलादेशमा एकजना राजनीतिक नेताको शोकमा आयोजना गरिएको प्रार्थना समारोहमा भागदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । बंगलादेशी प्रधानमन्त्री सेख हसिनाको सत्तारुढ दल अवामी लिग पार्टीका नेता एविएम मोहिउद्धिन चौधरीको निधनमा आयोजना गरिएको शोधसभामा भागदौड मच्चिँदा यति ठूलो मानवीय क्षति हुन पुगेको हो । बंगलादेशको दक्षिण...
हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिकी वहिनी सहित ६ को मृत्यु आइतवार, पुस २, २०७४ 0 responses होन्डुरस ,  होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । होन्डुरसको राजधानीनजिकै रहेको पहाडमा दुर्घटनाग्रस्त बनेको रोयटर्सले जनाएको छ । हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना पाइलट सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा कामायागुवामा रहेको उनको निवासतर्फ उडान भरेका थिए...
होटल अन्नपूर्णमा वाम गठवन्धनको पत्रकार सम्मेलन आइतवार, पुस २, २०७४ 0 responses काठमाडौं,एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । संयुक्त पत्रकार सम्मेलन काठमाडौको अन्नपुर्ण होटलमा दिउँसो ३ बजे राखिएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सुर्य थापाले जानकारी दिए । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको नतिजा अन्तिम चरणमा पुगेपछि ओली र दाहालले...
कुन–कुन खप्पीस खेलाडीहरु रिङ आउट ? को के कारणले वाहिरिए ? बुधबार, मंसिर २७, २०७४ 0 responses काठमाडौं, नेपालको वाम र लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका राजनीतिको अंक गणितिय खेलका केहि माहिर खेलाडीहरु रिङ आउट भएका छन् । संविधान जारी पछि स्थायी सरकार निर्माणका लागि भएको प्रतिनीधिसभा निर्वाचनमा नेपालको राजनीतिक रंगमञ्चका चीर परिचित अनुहारहरुलाई यस पटक मतदाताले रिङ आउट गरिदिएका छन् । को के कारणले...
धनुषा-१ मा माओवादी केन्द्रका मातृका यादव विजयी मङ्लबार, मंसिर २६, २०७४ 0 responses धनुषा, प्रतिनिधिसभा क्षेत्र नम्बर – १ मा माओवादी केन्द्रका मातृका यादव विजयी भएका छन् । राजपा फोरम गठबन्धन र कांग्रेस राप्रपा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै वामगठबन्धनका साझा उम्मेदवार यादव विजयी भएका हुन् । यादवले २६ हजार ४१८ मत ल्याएर विजयी भएका हुन् । राजपा फोरमका उम्मेदवार दिपक कार्कीले १७...
कञ्चनपुर–३ बाट काँग्रेस नेता लेखक झिनो मतले पराजित मङ्लबार, मंसिर २६, २०७४ 0 responses काठमाडौं, नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखक कञ्चनपुर क्षेत्र नं ३ मा एमालेका उम्मेदवार दीपकप्रकाश भट्टसँग झिनो मतले पराजित भएका छन् । रमेश लेखक भट्टसँग २ सय ५८ मतले पराजित भएका हुन । भट्ट २६ हजार ३६४ मत ल्याएर प्रतिनिधिसभामा कञ्चनपुरबाट निर्वाचित भएका हुन । लेखकले २६ हजार १०६...
यस्तो छ स्याङजाको पछिल्लो मत परिणाम मङ्लबार, मंसिर २६, २०७४ 0 responses स्याङजाको सबै क्षेत्रमा बाम गठबन्धनको अग्रता रहेको छ । यस्तो छ स्याङजाको पछिल्लो मत परिणाम प्रतिनिधि सभा तर्फ क्षेत्र नं १ (बाम) नारायण प्रसाद मरासिनी : १४६९१ (कांग्रेस) राजु थापा : ११११९ क्षेत्र न २ (बाम ) पद्ममा अर्याल : १४१२२ (कांग्रेस) गोपालमान श्रेष्ठ : ११५८१ प्रदेश सभा तर्फ...
स्याङ्जा-२ मा गोपालमान श्रेष्ठलाई पछि पार्दै एमाले नेतृ अर्यालको अग्रता सोमवार, मंसिर २५, २०७४ 0 responses स्याङ्जा, स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका गोपालमान श्रेष्ठलाई पछि पार्दै बाम गठबन्धनकी साझा उम्मेद्वार एमालेकी पद्मा अर्यालले अग्रता लिएकी छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार अर्यालले ५७०५ मत प्राप्त गरेकी छन् भने काँग्रेसका श्रेष्ठले ३८८६ मत प्राप्त गरेका छन् ।
सुनसरी-३ मा गच्छदार झिनो मतले अगाडि सोमवार, मंसिर २५, २०७४ 0 responses सुनसरी, सुनसरी क्षेत्र नम्बर-३ मा विजय गच्छदार अत्यन्तै झिनो मतले अगाडि पुगेका छन् । मतगणना शुरु भएसँगै अगाडि रहेकी वाम गठवन्धनकी उम्मेदवार भगवती चौधरी अहिले भने ३१ भोटले विजय गच्छदार भन्दा पछाडि परेकी छिन् । उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारले २७ हजार ७ सय ४४...
चितवनका प्रचण्डको फराकिलो मतान्तर कायम सोमवार, मंसिर २५, २०७४ 0 responses चितवन, चौतर्फी चर्चाको विषयमा रहेको चितवन क्षेत्र नम्बर तीनको पछिल्लो मत अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मतान्तर ७ हजार ४८३ राखेका छन् । पछिल्लो मत परिणाम अनुसार प्रचण्डले २९ हजार ८६४ मत प्राप्त गरेका छन् ।उनका प्रतिद्वन्द्वी रहेका राप्रपा प्रजातान्त्रिकका नेता पाण्डेले २२ हजार ३८१ मतसहित उनलाई पछ्याइरहेका छन्...
चुनाव हारेका बामदेव गौतमले निकाले यस्तो विज्ञप्ति आइतवार, मंसिर २४, २०७४ 0 responses बर्दिया, बर्दिया १ बाट एमाले बरिष्ठ उपाध्यक्ष बामदेव गौतमले पराजित भएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएको केहि समयमै उनले एक विज्ञप्ति जारी गर्दै समग्र वामगठबन्धनले हासिल गरेको अद्वितीय विजयले आफूलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध नबनाएको बताएका छन्। विज्ञप्ति निरन्तरको संघर्ष र बलिदानपछि नेपाली जनताले समाजवाद उन्मुख लोकतान्त्रिक...
वाम गठबन्धन पौडेलका लागि अभिशाप सावित, ४८ सालदेखिको विरासत समाप्त हुने निश्चित आइतवार, मंसिर २४, २०७४ 0 responses तनँहु, तनँहु क्षेत्र नं १ मा मतगणनाको सुरुवात देखिनै लगातार पछाडि पर्दै आएका नेपाली कांग्रेका बरिष्ठ नेता रामचन्द्र पौडेलको हार्ने निश्चित भएको छ। तनँहुबाट २०४८ देखि लगातार निर्वाचन जित्दै आएका पौडेलको यस हारसँगै तनँहुको राजनीतिक विरासत समाप्त हुने देखिएको छ। यसपटक वाम गठबन्धन पौडेलका लागि अभिशाप बन्ने देखिएको छ ।...
कांग्रेसका युवा नेता प्रदीप पौडेल पाँच मतको झिनो अन्तरले पराजित आइतवार, मंसिर २४, २०७४ 0 responses काठमाडौं, नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल वाम गठवन्धनका उम्मेदवारसँग अत्यन्तै कडा प्रतिष्पर्धाका बीच पराजित भएका छन् । तनहु क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा पौडेल वाम गठवन्धनकी उम्मेदवार आशा कोइरालसँग पाँच मतले पराजित भएका हुन् । कोइरालाले १६ हजार ६ सय ४६ मत ल्याइन् भने पौडेलले १६...