• Thursday 29th , June 2017 | बिहिबार, असार १५, २०७४

देश

निर्वाचनको सुरक्षाका लागि हेलिकप्टर स्ट्याण्डवाइ शनिबार, असार १०, २०७४ 0 responses तुलसीपुर, यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नं ५ अन्तर्गतका छ जिल्लामा हेलिकप्टरबाट पनि सुरक्षा गस्ती गरिने भएको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासक महेन्द्र गुरागार्इँले भौगोलिक विकटता र सुरक्षाका हिसाबले संवेदनशील क्षेत्रमा हेलिकप्टर गस्ती गरिने बताउँदै त्यसका लागि दाङको भालुवाङ र बाँकेको नेपालगन्जमा हेलिकप्टर...
४८ घण्टाका लागि सीमा नाका पूर्णरुपमा बन्द शुक्रबार, असार ९, २०७४ 0 responses कैलाली, दोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर असार १२ गतेदेखि ४८ घन्टाका लागि नेपाल–भारत सीमा नाका पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ । भारतको पलियामा बिहीबार बसेको नेपाल–भारत सीमा सुरक्षा बैठकले स्थानीय तहको चुनावलाई ध्यानमा राखी ४८ घन्टाका लागि सीमा नाका बन्द...
आयातित खादाको प्रयोगमा रोक शुक्रबार, असार ९, २०७४ 0 responses म्याग्दी, सम्मान तथा सत्कार गद रङ्गीबिरङ्गी आयातित खादा ओढाउने प्रचलनलाई म्याग्दी रघुगङ्गा गाउँपालिका–२ भगवतीमा रोक लगाएको छ । सो वडाका नवनिर्वाचित वडा अध्यक्ष रिम कटुवालको अध्यक्षतामा बसेको बैठकले स्थानीयस्तरमा हुने सबै कार्यक्रममा अतिथि र पाहुनालाई सम्मान तथा सत्कार गर्दा आयातित खादाको सट्टा स्थानीयस्तरमै उत्पादन हुने फूलमाला तथा सामानको प्रयोग गर्ने...
‘कांग्रेसले जिते विकासको मुहान खुल्छ’-वरिष्ठ नेता पौडेल शुक्रबार, असार ९, २०७४ 0 responses बुटवल,  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले अगाडि सारेका उम्मेद्वारलाई जिताए विकासको मुहान खुल्ने बताएका छन् । बिहिबार बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबासमा नेपाली काँग्रेसले आयोजना गरेको क्रियाशील भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। चुनाव प्रचारको क्रममा बुटवल पुग्नुभएका वरिष्ठ नेता...
ईटाभट्टामा बन्धक बनाइएका ४५ भारतीय मजदुरको उद्दार बिहिबार, असार ८, २०७४ 0 responses सप्तरी, सप्तरीको पत्थरगाडास्थित डिपीआर इँटा उद्योगमा काम गर्ने ४५ जना भारतीय मजदूरको बिहीबार उद्वार गरिएको छ । बन्धक बनाएर श्रम गराएको भन्दै भारतीय पक्षबाट गुनासो आएपछि उनीहरुको उद्वार गरिएको हो । इँटा उद्योगका मालिकले मजदूरहरुलाई कुनै किसिमको रकम नदिई काम गराइरहेको भन्दै यहाँबाट उम्केर गएका एक जना मजदूरले स्थानीय...
राजपाका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीसहित ६ जना पक्राउ बिहिबार, असार ८, २०७४ 0 responses नवलपरासी, निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले सदरमुकामबाट उपाध्यक्ष चौधरीसहित राजपा जिल्ला संयोजक पुरन चौधरी, राधेरामण पाण्डे, विजय अग्रहरी, ओमप्रकाश चौधरी र अभिमन्यू यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद...
अनुशासन कायम गर्न विद्यार्थीलाई सेनाको जुनियर डिभिजन तालिम बिहिबार, असार ८, २०७४ 0 responses नुवाकोट,  विद्यालयतहका विद्यार्थीलाई अनुशासन कायम गराएर स्वयम्सेवी दस्ता उत्पादन गर्न नेपाली सेनाको श्रीनाथ गण देवीघाटले भैरवी माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिम सञ्चालन गरेको छ । सय दिनसम्म सञ्चालन हुने तालिममा भैरवी माविमा अध्ययनरत १८ जना छात्र र १८ छात्रा गरी ३६ जना विद्यार्थीलाई नेपाली सेनाको केन्द्र...
६ दिनदेखि लुक्लामा हवाई उडान अबरुद्ध हुँदा सयौं पर्यटक अलपत्र बिहिबार, असार ८, २०७४ 0 responses सोलुखुम्बु, तेञ्जिङ हिलारी बिमानस्थल लुक्ला, सोलुखुम्बुमा बिगत ६ दिनदेखि कुनै हवाइ उडान नहुँदा बाहृय पर्यटक सहित स्थानीय अलपत्र परेका छन् । सगरमाथा प्रवेशद्वारको एकमात्र विमानस्थलमा प्रतिकुल मौसमका कारण उडान नहुँदा सयौं यात्रुहरु अलपत्र परेका हुन् । बाक्लो हुस्सु तथा वर्षातका कारण पछिल्लो ४ दिनमा तारा एयरको मात्र १६ वटाभन्दा...
गृह मन्त्रालयले सार्वजनिक गर्यो नयाँ मर्यादाक्रम सूचि: हेर्नुहोस् को कति नम्बरमा बिहिबार, असार ८, २०७४ 0 responses नेपाल सरकार गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारी समेतलाई समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ ।जसअनुसार राष्ट्रपतिलाई पहिलो स्थानमा राखिएको छ भने दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश र पाँचौमा स्थानमा सभामुख रहने व्यवस्था गरिएको छ । यस्तै पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैठौ मर्यादाक्रममा रहने प्रावधान राखिएको छ । यस्तै...
म्याग्दीका महिलाद्वारा आफ्नो गाउँलाई ‘समान ज्याला गाउँ’ घोषणा बिहिबार, असार ८, २०७४ 0 responses बेनी, महिला र पुरुषबीच हुने सम्पूर्ण किसिमका सामाजिक विभेद अन्त्य गर्ने उद्देश्यका साथ म्याग्दीको एक दुर्गम गाउँका महिलाले आफ्नो गाउँलाई ‘समान ज्याला गाउँ’ घोषणा गरेका छन् । सार्वजनिक काममा महिलालाई फिर्ता गराउने, पारिश्रमिक दिँदा विभेद गर्नेजस्ता क्रियाकलापले समाजमा जरो गाड्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–२ कुहूँ गाउँका महिलाले आफ्नो गाउँलाई...
झुटको खेतीले समृद्धि असंभव : पूर्व स्वास्थ्यमन्त्री गगन थापा बिहिबार, असार ८, २०७४ 0 responses काठमाडौं, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गगन थापाले निर्वाचनका बेला उत्तेजना फैलाएर गरेको झुटको खेतीले मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताएका छन् । विर्तामोड नगरपालिका–९ स्थित सैनिकबजारमा बुधबार आयोजित कार्यक्रममा उनले झुट बोलेर भोट नमाग्न उम्मेद्वारलाई सुझाव दिदै जनताको भविष्यसंग जोडिएको स्थानीय निकायको निर्वाचनमा कामको आधारमा जनताको...
दीर्घकालीन योजनासहित किसानमैत्री कार्यक्रम लागु गर्ने काँग्रेसको प्रतिबद्धता बिहिबार, असार ८, २०७४ 0 responses तिलोत्तमा, घरदैलो अभियानका क्रममा तिलोत्तमाका घर खेतसम्म पुगिरहेका कांग्रेसका मेयरका उम्मेदवार रामकृष्ण खाँण र उपमेयर उम्मेदवार गीता सारुले आकासे पानीको भर पर्नु पर्ने अवस्थाको अन्त्य गर्न सिचाइका प्रभावकारी र दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता जनाएका छन् । कांग्रेसले सिंचाई सुविधा लिन सकिने खोला नालाहरूमा बाँध बाँधी सिंचाईको बिस्तार गर्ने, १६÷३६...
‘देवदहका सबै वडामा पक्की सडक निर्माण’- कांग्रेस उम्मेद्वार खत्री बिहिबार, असार ८, २०७४ 0 responses काठमाडौं, देवदह नगरपालिकामा नेपाली काँग्रेसका मेयर उम्मेदवार हिराबहादुर खत्रीले देवदहका सबै वडामा पक्की सडक निर्माण गरिने बताएका छन् । देवदह वडा नम्बर ६ मा बुधबार भएको घरदैलो तथा भेटघाट कार्यक्रममा मेयरका उम्मेदवार खत्रीले पक्की सडकको अभावमा देवदहका बासिन्दाहरु हिउँदमा धुल्याम्मे र वर्षामा हिल्याम्मे सडकमा हिड्न बाध्य भएको उल्लेख गर्दै...
एमाले कार्यकर्ताद्वारा चक्क़ु प्रहार गरि शिक्षक हत्याको प्रयास बिहिबार, असार ८, २०७४ 0 responses प्यूठान, शिक्षक संघ झिमरूक गाँउपालिका कमिटिका कोषाध्यक्ष तथा नेविसंघ प्यूठानका सचिव कल्याण बिक्रम केसीका बुबा प्रेमबहादुर केसीमाथि चक्क़ु प्रहार गरि हत्याको प्रयास भएको छ । बुधवार साँझ बिद्यालयबाट घर तर्फ जादै गर्दा केसीमाथि चक्कु प्रहार गरि हत्याको प्रयास भएको हो । ज्ञानज्वती प्रावि तुषारामा शिक्षण पेशामा संलग्न रहेका केसीमाथि...
जुँगु हत्याकाण्डका अभियुक्तलाई तारेखमा छाड्ने न्यायाधीशमाथि छानविन सुरु बुधबार, असार ७, २०७४ 0 responses काठमाडौं, दोलखाको जुँगु हत्याकाण्डका अभियुक्तलाई साधारण तारेखमा छाड्ने जिल्ला अदालतको आदेश शंकास्पद देखिएको भन्दै न्याय परिषदले छानविनका लागि मिसिल झिकाउने निर्णय गरेको छ । न्याय परिषदका एक सदस्यका अनुसार उक्त मुद्दामा भएको आदेशमा उल्लेख गरिएका तथ्यहरुको छानविन गनुपर्ने आवश्यकता देखिएकाले मिसिल झिाउन निर्णय भएको हो । पहिलो चरणको स्थानीय चुनावको...