• Wednesday 28th , June 2017 | बुधबार, असार १४, २०७४

देश

बालुवाटार पुगेकी ललिताको ‘बालुवामा हराएको सपना’ शुक्रबार, भदौ १०, २०७३ 0 responses भौतिक मल्ल,  स्याङजाको मनकामनाले सबैको मनोकामना पुरा गर्छ । तर के गर्नु दैलेखकी दिलमाया बुढा मगर ललिताको मनोकामना त्यही मनकामनाबाट तहस नहस भइदियो । देशमा भिषण द्धन्द चलिरहेको थियो । उक्त द्धन्दबाट दैलेख जिल्लाको बालुवाटार गाबिस पनि अछुत थिएन । गाँउ पुरै द्धन्दको प्रभावित थियो । त्यही प्रभावले बालुवाटारकी...
डोल्पामा खाद्यान्न संकट, स्थानीयहरु कन्दमूलको खोजीमा पाटनतिर लागे शुक्रबार, भदौ १०, २०७३ 0 responses   मंगला बुढा-  डोल्पा जिल्लाको तल्लो भेगका स्थानीय बासिन्दा खाद्यान्न संकट भएपछि पाटनतिर जान थालेका छन् । गाँउमा खाद्यान्नको अभाव भएपछि नर्कु, सर्मि, रिमि काईगाउँ लगायतका गाविसबाट स्थानीयहरु कन्दमूलको खोजीमा पाटनतिर लागेका हुन् । लामो खडेरीका कारण यो वर्ष अन्न बालिले नधान्ने संकेत देखिएपछि घरखर्च चलाउन  भ्याकुर, गिट्ठा, कटुगो...
तेस्रोपटक मन्त्रीपरिषद् विस्तार- नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, भदौ १०, २०७३ 0 responses काठमाडौँ, १० भदौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी नवनियुक्त १३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । थप मन्त्रीसँगै प्रधानमन्त्री पुष्पकमल...
पञ्चायती शैलीमा राष्ट्रपति कार्यालय शुक्रबार, भदौ १०, २०७३ 0 responses काठमाडौं- समाचार संकलन एवं तस्वीर खिच्न शीतलनिवास पुग्ने पत्रकारहरुलाई राष्ट्रपति कार्यालयले दुख दिने र दुव्र्यवहार गर्ने चलन नयाँ होइन । शुक्रबार बिहान मन्त्रीहरुको सपथ ग्रहणका लागि शीतलनिवास पुगेका पत्रकारहरु फेरी पनि दुव्र्यवहारको शिकार बने । मन्त्रीको सपथ ग्रहणजस्तो महत्पवूर्ण कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकारलाई भित्र छिर्न नदिने पञ्चायती शैली राष्ट्रपति कार्यालयले देखाएको...
बृहत् दरबार सङ्ग्रहालय गुरुयोजना अलपत्र शुक्रबार, भदौ १०, २०७३ 0 responses काठमाडौँ- नारायणहिटी दरबारलाई बृहत् सङ्ग्रहालय बनाउन तीन वर्षअघि तयार गरिएको गुरुयोजनाको अत्तोपत्तो छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव नारायण रेग्मीको संयोजकत्वमा गठित कार्यदलले गुरुयोजना तयार गरी सोही मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरेलाई बुझाएको थियो । प्रतिवेदन २०७० सालमा बुझाइएको थियो। त्यस बेला बुझाइएको झन्डै तीन सय...
राष्ट्रियताको मामिलामा भारतसँग नचुक्न प्रधानमन्त्रीलाई पार्टीको खबरदारी शुक्रबार, भदौ १०, २०७३ 0 responses काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण नजिकिँदै गर्दा उनको पार्टी माओवादी केन्द्रले निजगढ-काठमाडौं फास्ट ट्रयाक, नौमुरे जलविद्युत परियोजना र पुलिस एकेडेमीमा भारतीय सहयोग नलिन निर्देशन दिएको छ। माओवादी केन्द्रभित्र गठन गरिएको सरकार सञ्चालन सहयोग समितिका नेताहरुले प्रधानमन्त्री दाहाललाई त्यस्तो निर्देशन दिएका हुन् । राष्ट्रियताको मामिलामा भारसँग नचुक्न माओवादी नेताहरुले...
‘तराई आन्दोलनका जघन्य प्रकृतिका मुद्दा फिर्ता लिन मिल्दैन’ शुक्रबार, भदौ १०, २०७३ 0 responses काठमाडौँ- सरकारले तराई आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिनेबारे मधेसी मोर्चासँग सहमति गरे पनि अधिकांश मुद्दा फिर्ता लिन नमिल्ने गृह मन्त्रालयले जनाएको छ। अदालतको नजिर तथा मुद्दा फिर्तासम्बन्धी कार्यविधिअनुसार मधेस आन्दोलनमा चलाइएका अधिकांश मुद्दा फिर्ता लिन नमिल्ने प्रकृतिका छन्   । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयको निर्देशनमा गृह मन्त्रालयले मुद्दा...
व्यापार मेलाका लागि कोरला नाका खुला बिहिबार, भदौ ९, २०७३ 0 responses मु्स्ताङ ,जिल्लामा पर्ने चीनसँगको कोरला नाका पुनःसञ्चालन भएको छ । चीन र नेपालबीच सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला शनिबारदेखि पुनः सुरु गरिएपछि केही दिनका लागि कोरला नाका खुलेको हो । नेपाल र चीनको सिमाको मध्यमा पर्ने यो नाका दिर्घकालिनरुपले खोल्न र बाह्रैमास चल्ने बाटो बनाउनुपर्ने माग छ । उपल्लो...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु हुँदै बिहिबार, भदौ ९, २०७३ 0 responses पोखरा, अन्तर्र्रािष्ट्रय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले भदौ १६ गतेदेखि निर्माण सुरु गर्ने भएको छ । गत वैशाख १ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलको शिलान्यास गरेलगत्तै वर्षायाम सुरु भएकाले निर्माणको काम अघि बढ्न सकेको थिएन । २०३२ सालमा अधिग्रहण गरिएको तीन हजार...
बिज्ञान संकाय सुचारू गर्न गरियाे धार्मिक महत्सव लाग्याे भक्तजनहरुको घुईचोँ बिहिबार, भदौ ९, २०७३ 0 responses मंगला बुढा , डाेल्पा ,जुफाल बिज्ञान संकाय सुचारू गर्न  जुफाल बासीले धार्मिक महत्सवकाे अायाेजना गरेका छन । उनिहरूले जुफाल जाँअाैँ  शैक्षिक एवं धार्मिक महोत्सवमा रमाउदै पुण्य कमाऔँ भन्ने मुल नाराको साथ यहि भाद्र ५ गतेबाट डोल्पा धार्मिक एवं शैक्षिक महोत्सब २०७३ सुरु गरेका छन । राष्ट्र शान्ति पृतिमुक्तीका साथै आर्दश उ मावि...
गाँजा र पेस्तोलसहित एक पक्राउ बिहिबार, भदौ ९, २०७३ 0 responses काठमाडाैँ,सप्तरीको मल्हनवा गाविसबाट ११५ केजी लागुऔषध गाँजा र पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझिया र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले सप्तरीको मल्हनवा–१ बस्ने छोटीलाल भण्डारी मालीको घरबाट ११५ केजी लागुऔषध गाँजा र एउटा सिक्सर पेस्तोल बरामद गरिएको...
असमान सन्धि खारेज नहुँदासम्म नेपालमाथि भारतको हेपाहा प्रवृत्ति-वैद्य बिहिबार, भदौ ९, २०७३ 0 responses बुटवल- नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले पार्टीले नव जनवादी क्रान्तिको तयारी गरिरहेको बताएका छन् । जारी संविधान दक्षिणपन्थी नव संशोधनवादमा आधारित, २०४७ कै निरन्तरता भएकाले त्यसलाई कदापि स्वीकार्न नसकिने बताउँदै उनले उक्त संविधानलाई खारेज नै गर्नुपर्ने जिकिर गर्नुभयो । उनले संविधानले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको कुरालाई नसमेटेकाले त्यसकै...
नवौँ पुस्तकालय दिवसकाे सप्ताहव्यापी कार्यक्रम अाजदेखि सुरू बिहिबार, भदौ ९, २०७३ 0 responses ९ भदाै,काठमाडौँ– नवौँ पुस्तकालय दिवस मनाउनका लागि सप्ताहव्यापी कार्यक्रम अाजदेखि सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भदौ १५ गतेसम्म शिक्षा मन्त्रालय,विभिन्न शैक्षिक संस्था तथा गैर सरकारी सङ्घसंस्थाले पठन संस्कृतिको विकासका लागि पुस्तकालयको महत्वका बारे देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन  गर्नेछन् । त्यसका लागि  कामु शिक्षा सचिव डा. डिल्लीराम रिमालको अध्यक्षतामा पुस्तकालय दिवस,...
पचास वर्षपछि पुनः नापी सुरु बिहिबार, भदौ ९, २०७३ 0 responses ललितपुर- जग्गाको स्वरुपमा ठूलो परिवर्तन भएका जिल्लाका विभिन्न स्थानमा ५० वर्षपछि पुनः नापी सुरु भएको छ । विसं २०२१ मा नापी भएपछि ललितपुर जिल्लाका कुनै पनि स्थानमा नापी हुन सकेको थिएन । जग्गाको स्वरुप सयौँ गुणा परिवर्तन हुँदासमेत पुनः नापी हुन नसकेको हो । सामान्यतया जग्गाको स्वरुप ६० प्रतिशत...
सीमा अतिक्रमणको विरोध गर्ने १८ नेपालीविरुद्ध भारतमा मुद्दा बिहिबार, भदौ ९, २०७३ 0 responses सुस्ता- भारतीय पक्षले सुस्ताका नेतृत्वकर्तालाई ज्यान मुद्दा लगाएको छ । भारतीय पक्षले सुस्तामा रहेर भारतीय अतिक्रमणको बिरोध गर्नेविरुद्ध ज्यान मारेको अभियोगमा मुद्दा चलाएको हो । विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको हो । आफ्नो भूमि मिचिएर...