• Friday 23rd , June 2017 | शुक्रबार, असार ९, २०७४

समाचार

भरुवा बन्दुक र छर्रासहित एक व्यक्ति पक्राउ बिहिबार, असार ८, २०७४ 0 responses भोजपुर, स्थानिय तह निर्वाचनको मिति नजिकै गर्दा भोजपुरको ट्याम्केमैयुम गाउँपालिका –४ नागीबाट प्रहरीले भरुवा बन्दुक र छर्रा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही गाउँपालिका बस्ने ३४ बर्षिय सुनिल राई रहेका छन् । पक्राउ परेका राईको साथबाट प्रहरीले १ नाल भरुवा बन्दुक, १० ग्राम बारुद्ध र २...
अनियन्त्रित माइक्रोको ठक्करले तीन पैदल यात्री घाइते, एकको अबस्था गम्भीर बिहिबार, असार ८, २०७४ 0 responses काठमाडौं, बौद्ध जोरपाटीमा विहीबार अनियन्त्रित माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिएको छ । घटनामा तीनजना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ । बा १ ज ९८०९ नम्बरको माइक्रोबसले सुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक लडेपछि माइक्रोले पैदलयात्रीलाई सोहोर्दै लगेको थियो । दुर्घटनापछि जोरपाटीवासीमा त्रास र तनाव देखिएको...
मतदानका लागि प्रधानमन्त्री गृहजिल्ला जाने बिहिबार, असार ८, २०७४ 0 responses काठमाडौं, मतदानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रवार गृहजिल्ला जाँदैछन् । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रवार ७ नम्बर प्रदेशतर्फ जाने भएका हुन् । देउवा शुक्रबार गएपछि चुनावमा भोट हालेर मात्र काठमाडौं फर्किने प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धनगढी लगायत कैलालीका केही चुनावी...
बाबुराम भट्टराईले भने- ‘मधेस र गोरखाल्याण्ड दुवै जायज हुन् ’ बिहिबार, असार ८, २०७४ 0 responses काठमाडौं, पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराइले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले त्यहाँको आन्दोलन भारतको आन्तरिक मामिला भए पनि नागरिकको जायज मुद्दाहरुमा बोल्न मिल्ने बताएका छन् । नेपालको मधेस आन्दोलनलाई दार्जिलिङको गोरखाल्याण्डको आन्दोलनसँग जोड्दै उनले दुवै आन्दोलन ठीक भएको बताएका हुन् । उनले ट्वीटमा...
अनुशासन कायम गर्न विद्यार्थीलाई सेनाको जुनियर डिभिजन तालिम बिहिबार, असार ८, २०७४ 0 responses नुवाकोट,  विद्यालयतहका विद्यार्थीलाई अनुशासन कायम गराएर स्वयम्सेवी दस्ता उत्पादन गर्न नेपाली सेनाको श्रीनाथ गण देवीघाटले भैरवी माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दलको जुनियर डिभिजन तालिम सञ्चालन गरेको छ । सय दिनसम्म सञ्चालन हुने तालिममा भैरवी माविमा अध्ययनरत १८ जना छात्र र १८ छात्रा गरी ३६ जना विद्यार्थीलाई नेपाली सेनाको केन्द्र...
मानव अपहरण र सरकारी कागजात कीर्ते गर्ने मालपोतका सुब्बा जेल चलान बिहिबार, असार ८, २०७४ 0 responses झापा, मानव अपहरण र सरकारी कागजात कीर्ते मुद्दा लागेका झापा जिल्ला मालपोत कार्यालयका सुब्बा टीकाराम लुइँटेललाई कारागार चलान गरिएको छ । घटना सार्वजनिक हुनासाथ फरार लुइँटेल आफैँ हाजिर भएपछि जिल्ला अदालतले रु ५० लाख धरौटी बुझाउन आदेश दिएको थिायो । सो धरौटी नबुझाएपछि बुधबार कारागार चलान गरेको जिल्ला प्रहरी...
चुनावी प्रचारमा हिडेको जिप दुर्घटना: वडा अध्यक्ष उम्मेद्वारसहित ९ जना घाइते बिहिबार, असार ८, २०७४ 0 responses प्यूठान, प्यूठानमा चुनावी प्रचारमा हिडेको जिप दुर्घटना भएको छ । प्युठान नगरपालिका ३ दैलेसिमलमा नेपाली कांग्रेसको चुनावी प्रचारमा हिडेको लु १ च ३०९७ जिप (पिकअप) दुर्घटना भएको छ । चुनावी प्रचारमा लगिएको उक्त जिप पल्टिदा वडा अध्यक्ष उम्मेद्वार मिन बहादुर खड्का सहित ९ जना घाइते भएका छन् । दुर्घटनामा सुरेश...
दाङ गोलीकाण्डको भित्रि रहस्य,रिपुमर्दन गणमा व्यापक असन्तुष्टी बिहिबार, असार ८, २०७४ 0 responses एसियन डेस्क, नेपाली सेनाको दाङ स्थित रिपुमर्दन गणमा रासनमा व्यापक घोटाला भएपछि हाकिमहरुप्रति जवानहरु आक्रोसित भएका छन् । माथिल्लो स्तरबाट रासनको मात्रात्मक स्केलमा १० प्रतिशत र गुणस्तरमा पनि केहि सम्झौता भएपछि गणमा असन्तुष्टी बढेको सुत्रले जनाएको छ । रिपुमर्दन गणका गणपति राज बुढाथोकी,प्रवन्ध अधिकृत तथा कार्य अधिकृत चलाएका क्याप्टेन...
सुडान घोटाला काण्डका दोषी दुई पूर्व आईजीद्वारा सर्वोच्चसामु आत्मसमर्पण बुधबार, असार ७, २०७४ 0 responses काठमाडौं, सुडान घोटालाकाण्डमा मुछिएका दुई पूर्व आईजी हेमबहादुर गुरुङ र ओमविक्रम राणाले सर्वोच्च अदालतसामु आत्मसमर्पण गरेका छन् । यसअघि नै उनीहरुलाई अदालतले सो काण्डमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो । वैशाख १७ गते सर्वोच्चले सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय तोकेको...
नेपाली सेनाले इन्डोनेसियाबाट सैन्य बिमान खरिद गर्दै बुधबार, असार ७, २०७४ 0 responses एजेन्सी, नेपाली सेनाले इन्डोनेसियाबाट सैन्य विमान खरिद गर्ने भएको छ । सैन्य विमान खरिदका लागि असार २ गते इन्डोनेसियाको पीटी डिर्गान्तारा इन्डोनेसिया (पीटीडीआइ) सँग नेपाली सेनाले सम्झौता गरेको इन्डोनेसियाली मिडियाहरुले जनाएका छन् । मंगलबार उक्त विमानको निर्माता कम्पनी पीडीटीआईले विज्ञप्ति जारी गरी नेपाली सेनाको काठमाडौंस्थित मुख्यालयमा जुन १६ (असार...
भुकम्पपीडितलाई आजदेखि ट्याक्सीको नम्बर प्लेट वितरण बुधबार, असार ७, २०७४ 0 responses काठमाडौं, सरकारले भुकम्प अति प्रभावित १४ जिल्लाका भुकम्पपीडितलाई आजदेखि ट्याक्सीको नम्बर प्लेट वितरण शूरु गरेको छ । ललितपुरको च्यासलस्थित एन्फा फूटबल मैदानमा विहान साढे ९ बजेदेखि वितरण कार्य शूरु गरेको यातायात ब्यबस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । विभागले आज रामेछाप, नुवाकोट र काभ्रेका ४ सय ९१ जना भुकम्पपीडितलाई नम्बर...
अबैध रुपमा गर्भपतन गराउने डाक्टर रिहाइको माग, गर्भपतन गराइएकी महिलाको अबस्था गम्भीर बुधबार, असार ७, २०७४ 0 responses इटहरी, नेपाल चिकित्सक संघले अनाधिकृत गर्भपतन गरेको अभियोगमा पक्राउ परेका डाक्टर बालकृष्ण साहको रिहाइको माग गरेको छ । अनाधिकृत गर्भपतन गराएको अभियोगमा प्रहरीले सोमबार इटहरीको पशुपति अस्पतालमा कार्यरत डा. साहलाईे पक्राउ गरेको थियो। महिलाको गर्भपतन गराउने र धेरै पैसा असुल्ने गरेको प्राप्त सूचनाका आधारमा सो अस्पतालको निगरानी गर्दा एक महिलाले गर्भपतन...
युवतीहरुको समूहवीच ग्याङ फाइट, छुरा प्रहारबाट एक जना गम्भीर घाइते बुधबार, असार ७, २०७४ 0 responses ललितपुर, ललितपुरको सातदोबाटोमा २ वटा युवतीहरुको समूहवीच ग्याङ फाइट भएको छ। मंगलबार राती सातदोबाटो चोकमा सलिना राई र कोपिला गिरीको समूहवीच ग्याङ फाइट भएको हो। काभ्रे, बनेपा बस्ने १७ वर्षीया कोपिला गिरी छुरा प्रहारबाट गम्भीर घाइते भएको सातदोबाटोका डिएसपी रामेश्वर यादवले बताए। फेसबुकमा भएको गालीगलौजको विषयमा बानेश्वर बस्ने सलिना...
२९ वर्षीया भारतीय नायिकाद्वारा झुण्डिएर आत्महत्या मङ्लबार, असार ६, २०७४ 0 responses एजेन्सी,  भोजपुरी चलचित्रकी नायिका अञ्जली श्रीवास्तवले झुन्डिएर आत्महत्या गरेकी छिन् । २९ वर्षीय चर्चित नायिकाले मुम्बाईस्थित आफ्नै निवासको कोठामा रहेको सिलिङ फ्यानमा झुन्डिएर आत्महत्या गरेकी हुन् । परिवार तथा छिमेकीहरुको सम्पर्कमै नआएपछि उनको खोजी भएको थियो । खोजी गर्ने क्रममा उनको कोठामा बारम्बार ढकढक्याउँदा पनि उनले ढोका नखोलेपछि नक्कली...
जिल्ला शिक्षा कार्यालयका सव-इन्जिनियर घुस लिंदै गर्दा पक्राउ मङ्लबार, असार ६, २०७४ 0 responses फिदिम, जिल्ला शिक्षा कार्यालय पाँचथरका सवइन्जिनियर मनोजकुमार यादव १ लाख २५ हजार रुपैँया घुस लिँदैगर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीबाट आएको टोलीले यादवलाई रंगेहात पक्राउ गरेको हो । अख्तियारको टोलीले कार्यालय समय सुरु भएको पहिलो घण्टामै यादवलाई जिल्ला शिक्षा कार्यालय पाँचथरबाट पक्राउ गरेको हो । जिल्लाको कुम्मायक गाँउपालिकाको...