• Monday 20th , November 2017 | सोमवार, मंसिर ४, २०७४

समाचार

६ लाख घुससहित कञ्चनपुरका दुई इन्जिनियर पक्राउ शुक्रबार, कार्तिक २४, २०७४ 0 responses कञ्चनपुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय कञ्चनपुर जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख इन्जिनियर र सहायक इन्जिनियरलाई ६ लाख रुपैयाँ घुस लिँदै गर्दा रंगे हात पक्राउ गरेको छ । शुक्रबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला इन्जिनियर केदार शर्मा र सहायक इन्जिनियर...
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु शुक्रबार, कार्तिक २४, २०७४ 0 responses भक्तपुर, भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोग चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । विपरीत दिशाबाट आउँदै गरेका बा४९प १५४९ नम्बरको मोटरसाइकल र बा९०प ३९६५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा बा४९प १५४९ नम्बरको मोटरसाइकलका चालक धादिङ केवलपुर–१० घर भई हाल कुलेश्वर काठमाडौँ बस्ने ४२ वर्षीय सानुकाजी श्रेष्ठको...
शैक्षिक भ्रमणमा हिंडेको बस दुर्घटना : ४० विद्यार्थी घाईते, ५ को अवस्था गम्भिर शुक्रबार, कार्तिक २४, २०७४ 0 responses नवलपरासीको सुक्रौलीमा स्कुल बस दुर्घटना हुँदा ४० विद्यार्थी घाईते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–१६ स्थित देवज्योती आधारभुत विद्यालयका विद्यार्थी बोकेर शैक्षिक भ्रमणका लागि लुम्बिनी हिँडेको बस आज बिहान १० बजे दुर्घटनामा परेको हो । भुमही भैरहवा सडकखण्ड अन्तर्गत रामग्राम–१५ सुक्रौलीमा बसको पट्टा भाँचिएर अनियन्त्रित हुँदा सडक छेउमा रहेको...
मोटरसाइकल दुुर्घटनामा एकको मृत्युु शुक्रबार, कार्तिक २४, २०७४ 0 responses रौतहट, गौर चन्द्रनिगाहपुुर सडकखण्डमा गए राति भएको मोटरसाइकल दुर्घटनामा एकजना युुवकको ज्यान गएको छ । दुर्घटनामा बारा जितपुर नगरपालिका–३ का २२ वर्षीय मोटरसाइकल चालक सञ्जयकुुमार साह रौनियारको मृत्यु भएको प्रहरीले जनाएको छ । चन्द्रपुर नपा सन्तपुुरस्थित जारी रहेको कार्तिकेश कुुँवर मेलाबाट बिहीबार राति अत्यधिक मदिरा सेवन गरी तीव्र गतिमा...
आलम मेकानिकल वर्कसपमा आगोलागी हुँदा एकजनाको मृत्यु बिहिबार, कार्तिक २३, २०७४ 0 responses काठमाडौं, आलम मेकानिकल वर्कसप त्रिपुरेश्वरमा बिहीबार साँझ भएको आगोलागीमा परी एकजनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीकाअनुसार आगोलागीमा परी ज्यान गुमाएका व्यक्तिको पहिचान खुल्न सकेको छैन । सो घटनामा परी दुईजना घाइते भएकामा उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । आगोलागीको कारणबारे...
सार्वजनिक सवारीका चालक तथा सह-चालकलाई विशेष पोशाकको व्यवस्था गरिने बिहिबार, कार्तिक २३, २०७४ 0 responses काठमाडौं, उपत्यकामा गुड्ने सार्वजनिक सवारीका चालक तथा सह-चालकलाई विशेष पोशाक (युनिर्फम)को व्यवस्था गरिने भएको छ । यातायात मजदुरको पहिचान झल्किने गरी विशेष पोशाक तोक्ने तयारी गरिएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक सवारीका चालक तथा सहचालकलाई अनुशासित बनाउन छुट्टै ड्रेसको व्यवस्था गर्नेबारे छलफल अघि बढाएको छ ।  ...
विभत्स अवस्थामा युवकको शव फेला बिहिबार, कार्तिक २३, २०७४ 0 responses रुकुम (पूर्व), जिल्लाको सिस्ने गाउँपालिका–५, कुचिवाङको घट्टेखोलामा एक युवाको शव विभत्स अवस्थामा फेला परेको छ । भूमे गाउँपालिका–८, का २७ बर्षीय कमल बुढा मगर को शव विभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । काम विशेषले रुकुमकोट आएका बुढा बुधबार रातिसम्म पनि घर नपुगेपछि परिवार तथा आफन्तले खोजतलास थालेका थिए...
नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने बिहिबार, कार्तिक २३, २०७४ 0 responses काठमाडौं, स्तरोन्नतीको क्रममा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आगामी आइतबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । सो सडकखण्डका केहीस्थानमा पहिरो फोर्ने काम भइरहेकाले विहान ७ देखि अपरान्ह ४ बजेसम्म यातायत आवागमन बन्द गरिएको आयोजनाले जनाएको छ । सेती दोभान नजिक चट्टानसहितको ठूलो ढिस्को खस्ने सम्भावित जोखिम रहेको आयोजनाले जारी...
एक्स-रे गर्ने बाहानामा किशोरीमाथि यौन दुव्र्यवहार गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा बिहिबार, कार्तिक २३, २०७४ 0 responses एक्स–रे गर्ने बहानामा १५ वर्षीया किशोरीमाथि यौन दुव्र्यवहारको आरोपमा प्रहरीले धरान १० पुतली लाइनस्थित डा. हरि शर्माको क्लिनिकमा कार्यरत शरणकुमार राईलाई नियन्त्रणमा लिएको छ । बन्द कोठमा नग्न बनाएर प्राविधिक राईले ढाडको समस्याको एक्स–रे गर्न केन्द्रित हुनुपर्नेमा संवेदनशील अंगमा पटक-पटक हात लगाई यौन दुव्र्यवहार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ...
विद्यार्थीबीच छुरा हानाहान हुँदा एक जना गम्भीर घाइते बुधबार, कार्तिक २२, २०७४ 0 responses सुनसरीको धरान उपमहानगरपालिका–१ लक्ष्मी सडकस्थित धरान उच्च माविका विद्यार्थीबीच बुधबार छुरा हानाहान हुँदा एक विद्यार्थी गम्भीर घाइते भएका छन् । कक्षा ११ पढ्ने रवि सिंहले सामान्य विवादपछि गरेको छुरा प्रहारबाट सोही कक्षामा अध्यनरत धरान–१६ बस्ने विप्लव पराजुली गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने सिंह फरार रहेका...
चरेससहित दुई युक्रेनी नागरिक पक्राउ बुधबार, कार्तिक २२, २०७४ 0 responses काठमाडौं, अनसुन्धान विभागको प्रहरी टोलीले त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाण्डौंबाट चरेससहित दुईजना युक्रेनी नागरिक पक्राउ परेको छ । जेट एयरवेजको उडान नम्बर ९ डब्ल्यु ६५२ नं को उडानबाट मुम्बई हुदै युक्रेन जान लागेका युक्रेनी नागरिक पक्राउ परेका हुन् । ४२ वर्षीय वलिकसिल लोलेनकोको सुटकेश चेकजाँच गर्ने क्रममा स्टाईलिस्ट स्पोर्ट जुत्ता...
गैँडा उद्धारका लागि प्राविधिक सहितको टोली परिचालन बुधबार, कार्तिक २२, २०७४ 0 responses चितवन, भारतमा भेटिएको दुर्लभ एकसिंगे गैँडाको उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जले आज प्राविधिक सहितको टोली परिचालन गरेको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन शाखाबाट पशुचिकित्सक र प्राविधिक सहितको टोली आज भारत पठाइएको निकुञ्जले जनाएको छ । भारतबाट प्राप्त सूचनाका आधारमा गैँडाको अवस्था बुझ्न भारत पुगेको टोलीले...
ट्रिपरको ठक्करबाट बालकको मृत्यु बुधबार, कार्तिक २२, २०७४ 0 responses बनेपा, काभ्रेपलाञ्चोकको दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको ट्रिपरले तामाघाटमा ठक्कर दिँदा आज बिहान एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनवर्षीय बालक रामबहादुर कुँवर रहेको प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए । बा ४ ख ३२६८ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले...
मनोहरा खोला नजिकै रोकिराखेको ट्याक्सीभित्र शव फेला बुधबार, कार्तिक २२, २०७४ 0 responses भक्तपुर, भक्तपुरको मनोहरा खोला नजिकै रोकि राखेको एक ट्याक्सीभित्र शव फेला परेको छ । बा १ ज १०४० नम्वरको ट्याक्सीभित्र पुरुषको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी मिरा राणाले जानकारी दिइन् । मृतक व्यक्ति सर्लाही घुर्कयौली घर भइ हाल ललितपुरको कुुसुन्ती बस्ने ४९ वर्षीय यज्ञबहादुर खड्का...
नारायणकाजी श्रेष्ठ चुनावी सभाका क्रममा लडेर घाइते बुधबार, कार्तिक २२, २०७४ 0 responses बारपाक (गोरखा), माओवादी केन्द्रका नेता तथा गोरखा-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ लडेर सामान्य घाइते भएका छन् । सौरपानीमा मंगलबार आयोजित चुनावी सभाका क्रममा उनी रडमा अल्झिएर लड्दा दायाँतर्फ निधार र दायाँ खुट्टामा चोट लागेको छ । सोही कारण उनले बुधबार बारपाकमा घरदैलो कार्यक्रम गर्न सकेनन् । बारपाकमा...