• Thursday 29th , June 2017 | बिहिबार, असार १५, २०७४

पत्रपत्रिका

तीन जना मेयरका उम्मेदवारले एउटै केन्द्रबाट मतदान गर्दै बुधबार, असार १४, २०७४ 0 responses काठमाडौं, अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाका तीन जना  मेयरका उम्मेदवारले एउटै मतदान केन्द्रबाट मतदान गर्दै छन् । सन्धिखर्क नगरपालिकका कांग्रेस, एमाले र नयाँ शक्ति नेपालका तीन पार्टीका उम्मेदवारले वडा नम्बर २ को अर्घाखाँची शिक्षा क्याम्पस केन्द्रबाट मतदान गर्नेभएका हुन् । कांग्रेसका कमलप्रसाद भुषाल, एमालेका कृष्ण प्रसाद श्रेष्ठ र नयाँ शक्तिका यमुना...
युएन पार्कको जग्गामा दुरुपयोग: एनजिओको इन्स्टिच्युटदेखि खेतीपातीसम्म बुधबार, असार १४, २०७४ 0 responses काठमाडौं, संयुक्त राष्ट्रसंघ स्थापनाको ५० वर्ष (सन् १९९५ मा) पुगेको उपलक्ष्यमा नेपाल सरकारले बागमती किनारमा पार्क निर्माण गर्ने निर्णय गरेको २२ वर्ष पूरा हुँदैछ । यो दुई दशकमा पार्क निर्माण पूरा हुनु त कता हो कता, निर्माण आयोजनाको स्वामित्वको १ हजार ५ सय ७६ रोपनी जग्गाको समेत चरम दुरुपयोग...
तीन सय ३४ स्थानीय तहमा दोस्रो चरणको निर्वाचन हुँदै बुधबार, असार १४, २०७४ 0 responses काठमाडौं, स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा आज मतदान हुँदैछ । मतदानका लागि ४ हजार ५ सय ८१ मतदान स्थलमा आठ हजार तीन सय ६४ मतदान केन्द्र तोकिएमा छन् । आजका सबै पत्रपत्रिकामा यो खबर प्रथमिकताका...
‘एमालेप्रतिको आक्रोश अब काँग्रेसप्रति सर्यो’-राजपा बुधबार, असार १४, २०७४ 0 responses काठमाडौं, कांग्रेस-माओवादी सत्ता गठबन्धनसँग तीनबुँदे सहमति गरेको एक वर्ष पुग्न लाग्दासम्म आफ्ना माग सम्बोधन नभएको भन्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले आक्रोश प्रकट गरेका छन् । उनले एमालेप्रति देखिएको आक्रोश अब कांग्रेसतिर सरेको जिकिरसमेत गरे । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढालेर गत वर्ष साउन...
पोखरामा पनि स्मार्ट लाइसेन्स सुरु बुधबार, असार १४, २०७४ 0 responses पोखरा, पोखरामा मंगलबारदेखि स्मार्ट लाइसेन्स वितरण सुरु गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले नविकरण गरेका चार जना सेवाग्राहीलाई मंगलबार स्मार्ट लाइसेन्स वितरण गर्यो । सवारी चालक अनुमतिपत्र गण्डकीका प्रमुख कीर्तनराज पौडेलले लाइसेन्स विरण गर्दै अब पोखराबाट स्मार्ट लाइसेन्स दिने कार्य सुरु भएको बताए, आजको नागरिक दैनिकमा खबर छ ।
५० रोपनी जग्गा बेचेर कर्मचारीलाई स्वेच्छिक अवकाश बुधबार, असार १४, २०७४ 0 responses काठमाडौं, निरन्तर घाटा बेहोरिरहेको सरकारी स्वामित्वको नेसनल ट्रेडिङ लिमिटेडले साढे दुई सय भन्दा बढी कर्मचारीलाई अवकाश दिएको खबर आजको नागरिकमा छ । कम्पनी स्वामित्वमा काठमाडौं, टेकुमा रहेको करिब ५० रोपनी जग्गा बेचेर कर्मचारीलाई स्वेच्छिक अवकाश दिएको हो । अवकाश लिएका कर्मचारीलाई असार १५ बाट रकम दिइने बताइएको छ ।...
‘बोक्सा’ आरोपमा वृद्धको विभत्स हत्या मङ्लबार, असार १३, २०७४ 0 responses मोरङ, ‘बोक्सा’ आरोपमा पटक–पटक अपमानित हुँदै आएका यहाँका एक वृद्धको आइतबार राति विभत्स हत्या भएको छ। रंगेली नगरपालिका ९ स्थित स्थानीय बजार गएर फर्कदै गरेका ६३ वर्षीय राजबंशीको शव बीच सडकमै रगताम्य अवस्थामा फेला परेको थियो। हत्या कसले गरेको भन्ने खुलेको छैन। घटनास्थलबाट कुनै हतियार र शंकास्पद बस्तु फेला परेको...
निर्वाचनको दिन भारी वर्षा हुने मङ्लबार, असार १३, २०७४ 0 responses काठमाडौं, बुधबार दिनभरजसो वर्षा हुने भएपछि मतपत्र भिज्नेदेखि मतदातालाई आवतजावतमा समेत समस्या हुने देखिएको हो। प्रदेश नम्बर १, ५ र ७ प्रदेशभर नै बुधबार वर्षा हुने सम्भावना रहेकाले सुरक्षित रुपमा छाता, घुम, प्लास्टिक र वर्षादी बोकेर मतदान गर्न जान मौसमविदले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभाग...
घरेलु कामदार रोकिँदा बहराइनका राजपरिवार असन्तुष्ट मङ्लबार, असार १३, २०७४ 0 responses  काठमाडौं, बहराइनका राजपरिवार, प्रधानमन्त्री, मन्त्रीहरूसहितका पदाधिकारीले घरबिदामा नेपाल गएका घरेलु कामदारलाई फर्कने इजाजत दिन नेपाल सरकारसँग अनुरोध गरेका छन् । बहराइनको राजधानी मन्मास्थित नेपाली दूतावासलाई पत्र पठाउँदै उनीहरूले बिनाकारण कामदार रोकिएकोमा असन्तुष्टिसमेत जनाएका छन् । कामदार रोकिनुको कारणबारे राजदरबारलगायत निकायबाट दूतावासमा दिनहुँ औपचारिक र अनौपचारिक सोधपुछ भइरहेको छ । गत...
इन्टरनेटको शुल्क ह्वात्तै घट्ने मङ्लबार, असार १३, २०७४ 0 responses काठमाडौं, इन्टरनेट सेवा प्रदायकले आगामी डेढ बर्षभित्र न्यूनतम ५ सय १२ केबीपीएस डाउनलोड गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा तीन सय ७७ रुपैयाँमा उपलब्ध गराउनुपर्ने भएको छ । सरकारले २०७१ को चैतमा ल्याएको ब्रोडब्यान्ड इन्टरनेट नीतिले सर्वसाधारण उपभोक्ताका लागि प्रारम्भिक ब्रोडब्यान्ड सेवा दस्तुर सन् २०१८ भित्रै प्रतिव्यक्ति आयको पाँच प्रतिशतमा झार्ने व्यवस्था...
कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड सोमवार, असार १२, २०७४ 0 responses काठमाडौं,  सरकारले कक्षा ११ मा भर्ना हुने विद्यमान आधार (मापदण्ड)मा सामान्य परिवर्तन गरेको छ। शिक्षामन्त्रिस्तरीय निर्णयबाट केही विषयमा पढ्न विगतमा लागू गरिएको स्तरीकृत अङ्क (जिपिए)का आधारमा सामान्य परिवर्तन भएको हो। कक्षा ११ र १२ को सम्बन्धन प्राप्त सबै माविले नयाँ निर्णयनुसार भर्ना गराउनुपर्ने मन्त्रालयले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयका...
निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि सोमवार, असार १२, २०७४ 0 responses काठमाडौं,  नेपाल वायुसेवा निगमका पाइलटको तलबभत्ता ३ सय प्रतिशतसम्म वृद्धि हुने भएको खबर आजको कारोबार दैनिकमा छापिएको छ । निजी क्षेत्रका एयरलाइन्सहरुले आकर्षक तलब भत्ता दिन थालेसँगै निगममाथि पाइलटको सुविधा बढाउन दबाब परेको थियो । अर्थ मन्त्रालयले गत बिहीबार पाइलटको तलब भत्ता बढाउन सहमति दिएसँगै अब निगमका जहाज उडाउने...
३ सय ४६ मतदानस्थल अति संवेदनशील सूचीमा सोमवार, असार १२, २०७४ 0 responses काठमाडौं, पश्चिम क्षेत्रअन्तर्गत ५ नम्बर प्रदेशमा परेका लुम्बिनी अञ्चलका ६ जिल्लाका ३ सय ४६ मतदानस्थललाई सुरक्षा निकायले अति संवेदनशील सूचीमा राखेको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । तराइका नवलपरासी, रुपन्देही, कपिलवस्तु र पहाडी पाल्पा, गुल्मी र अर्घाखाँचीमा ८ सय ७७ मतदान केन्द्रमा ९ सय १० मतदानस्थल रहेकोमा अति...
पेट्रोलियम पदार्थमा कमिसन बढाउन अनावश्यक दबाब सोमवार, असार १२, २०७४ 0 responses काठमाडौं, पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने क्षति (प्राविधिक लस) को मात्रामा कमिसन बढाउन व्यवसायीहरुले अनावश्यक दबाब दिएका छन्। नेपाल आयल निगमले हाल ४ हजार लिटर पेट्रोल थानकोट डिपोबाट पम्पसम्म ढुवानी गर्दा करिब ३५ लिटर क्षति हुने अनुमान गरी सो बराबरको मूल्य समायोजन गरिदिने गरेको छ । त्यस्तै ४ हजार लिटर...
नारायणगढ-मुग्लिन सडक निर्माण सुस्त गतिमा सोमवार, असार १२, २०७४ 0 responses चितवन, नारायणगढ-मुग्लिन सडक पुनर्निर्माणको काम पहिलो पटकको सम्झौताअनुसार २०१७ को अप्रिलमा सकिसक्नुपर्ने थियो । विभिन्न कारण देखाउँदै दोस्रो पटक सम्झौता गरियो । सम्झौताअनुसार डिसेम्बर २१ मा काम सकिनुपर्नेछ । तर, अहिलेसम्मको कामको अवस्थाले समयमा काम पूरा हुने देखिँदैन । आजको अन्नपुर्ण पोस्टमा यो खबर छ । योजनाअनुसार १७ प्रतिशत...