• Wednesday 18th , October 2017 | बुधबार, कार्तिक १, २०७४

पत्रपत्रिका

तथ्यांकले देखायो नेपालभन्दा भारत धेरै गरीब मङ्लबार, बैशाख २६, २०७४ 0 responses काठमाडौं, संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले भारतमा गरिबीको रेखामुनि रहेको जनसंख्याको अनुपात नेपालको भन्दा धेरै रहेको देखाएको छ । एसिया तथा प्यासिफिकका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (युएनस्क्याप)को ‘एसियाको आर्थिक तथा सामाजिक सर्वेक्षण २०१७’ले यस्तो देखाएको हो । प्रतिवेदनका अनुसार नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या ४८ दशमलव ४...
सामाजिक सञ्जाल चेक गर्दै निर्वाचन आयोग मङ्लबार, बैशाख २६, २०७४ 0 responses काठमाडौं, पहिलो तहको स्थानीय तह निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी छ । निर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगले निगरानी थालेको खबर आजको नेपाल समाचारपत्रमा छ । राजनीतिक दल, सञ्चार माध्यमलाई मात्रै होइन सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि निर्वाचन आचारसंहिता लाग्ने आयोगले जनाएको छ । फेसबुक, ट्विटर, भाइबर,...
पैसा हुनेलाई हातहातै टिकट, इमान्दार कार्यकर्ता ओझेलमा मङ्लबार, बैशाख २६, २०७४ 0 responses नेपालगन्ज, रूकुम चौरजहारी नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेद्वारी दिन धेरै लागिपरेका थिए । तर, पार्टीले करिब एक महिनाअघि नेपाल बैंक लिमिटेडको जागिरबाट रिटायर्ड भएका बलबिर गोसाईँलाई टिकट दियो । ‘आर्थिक रूपमा सशक्त हुनु र पार्टीका जिल्ला सभापतिसँग राम्रो सम्बन्ध भएकाले उहाँले टिकट पाउनुभयो,’ कांग्रेस निकट एक कार्यकर्ताले भने,...
ग्यास र पेट्रोल पम्पमा लगानी गर्न भारत इच्छुक मङ्लबार, बैशाख २६, २०७४ 0 responses काठमाडौं, भारतीय आयल निगम (आइओसी) ले ग्यास रिफाइनेरी र पेट्रोल पम्पमा लगानी गर्न इच्छा देखाएको छ । करिब डेढ महिना अघि आपूर्ति मन्त्रालय र आइओसीबीच भएको पाँच बर्षे इन्धन नवीकरण सम्झौताको क्रममा मन्त्रालयले लगानी गर्न प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल आएको आइओसीको टोलीले...
गुन्डा नाइके दीपक मनाङगे पाँच दिन थुनामा रहने : अधिकांस गुण्डाहरू पक्राउ पर्दै छुटदै मङ्लबार, बैशाख २६, २०७४ 0 responses काठमाडौं, निर्वाचनको शान्ति सुरक्षामा खलल पुगाउन सक्ने भन्दै पक्राउ गरिएका गुन्डा नाइके दीपक मनाङगे कम्तिमा पाँच दिन थुनामा रहने भएका छन् । सार्वजनिक अपराध अन्तर्गत काठमाडौं जिल्ला प्रशासनले मनाङेलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । काठमाडौं प्रहरी परिसरले राप्रपा नेपालका मनाङ जिल्ला...
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण मङ्लबार, बैशाख २६, २०७४ 0 responses काठमाडौं, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारसहित तीन नवनियुक्त मन्त्रीले २५ वैशाखमा सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल...
गृहको निर्देशन – ‘विप्लव कार्यकर्ता भेट्नासाथ समात्नू’ मङ्लबार, बैशाख २६, २०७४ 0 responses काठमाडौं, गृह मन्त्रालयले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने गतिविधि बढाइएको भन्दै तिनलाई तत्काल पक्राउ गरी सार्वजनिक मुद्दा चलाउन सुरक्षा निकायलाई सर्कुलर गरेको छ । निर्वाचन बिथोल्ने उद्देश्यले उच्छृंखल र आपराधिक गतिविधि बढाएपछि गृह मन्त्रालयले विप्लवका कार्यकर्ता खोजी गरी पक्राउ गर्न सुरक्षा निकायलाई सर्कुलर गरेको...
नेपालमा पुरुष यौन व्यवसायिको डरलाग्दो सञ्जाल – ५५ वर्षीय प्रोफेसर पुरुष यौन व्यवसायी सोमवार, बैशाख २५, २०७४ 0 responses काठमाडौं, नेपालमा २ लाख यौन व्यवसायी छन् । जसमध्ये १० प्रतिशत अर्थात् २० हजार पुरुष यौन व्यवसायी रहेको सरकारी तथा विभिन्न सामाजिक संघसंस्थाको अध्ययनले देखाएको छ । बाँकी महिला, तेस्रोलिंगी र समलिंगी यौन व्यवसायी रहेका छन् । पुरुष यौन व्यवसायीबारे नेपाली समाज प्रायः अनविज्ञ भए पनि महिलाको यौन सन्तुष्टि...
आइतबार सर्वोच्च पुगेर के गरिन् प्रधानन्यायाधिस कार्कीले ? सोमवार, बैशाख २५, २०७४ 0 responses काठमाडौं, महाभियोग प्रस्ताव यथास्थितिमा राख्न र प्रधानन्यायाधीशलाई काममा फर्काउन सर्वोच्चले दिएको आदेशअनुसार आइतबार सुशीला कार्की सर्वोच्च अदालतमा फर्किइन् । तर, उनले आफ्नो लागि कुनै इजलास तोकिनन् । सर्वोच्च अदालत परिसरमा बिहान ९ बजेर २० मिनेटमा पुगेकी कार्कीले ९ बजेर २७ मिनेटमा हाजिर गरिन् । हाजिर गरेसँगै उनले नौवटा इजलास...
चर्चित गुण्डा दीपक मनाङे ठमेल क्षेत्रबाट पक्राउ सोमवार, बैशाख २५, २०७४ 0 responses काठमाडौं, चर्चित गुण्डा नाइके दीपक मनाङे आइतबार साँझ ठमेल क्षेत्रबाट पक्राउ परेका छन् । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले तयार पारेको लिस्ट अनुसार मनाङ्गे पक्राउ परेका हुन् ।आजको अन्न्पूर्ण पोस्टमा खबर छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनाङ्गेसहितको केही युवालाई पक्राउ गरेको...
निर्वाचन सुरक्षामा अनुमति नलिइ गोली चलाउन सक्ने अधिकार सोमवार, बैशाख २५, २०७४ 0 responses आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ प्रहरी खटिने भएका छन्। मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिइ गोली चलाउन सक्ने अधिकारसहित गृह मन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । पहिलो चरणमा निर्वाचन...
सवारी दर्ता प्रदेशबाट, लाइसेन्स स्थानीय तहले नै दिने आइतवार, बैशाख २४, २०७४ 0 responses काठमाडौं, संघीयता कार्यान्वयनमा आएसँगै सवारी साधन दर्ता प्रदेश सरकारले गर्ने भएको छ। हाल सवारी साधनको दर्ता अञ्चल यातायात कार्यालयहरूले गर्दै आएका छन् । तर, अञ्चल कार्यालयबाट दिइँदै आएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) भने स्थानीय (स्नाथीन तह) बाट दिने सम्बन्धमा छलफल भइरहेको छ। प्रदेश गठनपछि सवारी साधान दर्ता हुने...
संघीय गठबन्धनको कारवाहीपछि यस्तो आयो यादवको प्रतिक्रिया आइतवार, बैशाख २४, २०७४ 0 responses काठमाडौं, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गठबन्धनको संयोजकबाट बर्खास्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालको बिजुलीबजारस्थित कार्यालयमा शनिबार बसेको गठबन्धनको बैठकले यादवलाई पदबाट हटाई कारबाही गरिएको जनाएको छ । संविधान संशोधन गर्नुपर्ने माग गर्दै आन्दोलनरत २४ दलीय गठबन्धनले यादव नेतृत्वको...
प्रहरीको हस्तक्षेपपछि रोकियो बालविवाह आइतवार, बैशाख २४, २०७४ 0 responses कपिलवस्तु, प्रहरीले हस्तक्षेप गरेपछि बालविवाह रोकिएको छ । कपिलवस्तु १२ सौराहाको अकरवरपुर गाउँमा बालविवाह हुन लागेको सूचनापछि पुगेको प्रहरीको टोलीले विवाह रोकेको हो । गाउँका लक्ष्मण यादवले १४ बर्षीया छोरी सञ्जु यादवको कृष्णनगर १२ हथियागढका युवासँग विवाह तय गरेका थिए । शुक्रबार दिउँसो प्रहरी पुग्दा विवाहको तयारी चल्दै थियो ।...
जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्दै प्रचण्ड आइतवार, बैशाख २४, २०७४ 0 responses काठमाडौं,  पुष्पकमल दाहालले जेठ पहिलो साता शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भएका छन् । आलोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरुले बताएका छन् । सहमति कार्यान्वयन भएमा अहिलेको सत्ता गठबन्धन पनि कायमै रहने उनीहरुले बताएका छन् । गत १९...