• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

राजनीति

छलफलमा अवरोध नगर्ने तर विधेयक पास हुन नदिने विपक्षी गठबन्धनकाे निर्णय बिहिबार, फाल्गुन १२, २०७३ 0 responses काठमाडौं,  प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितको नौ दलीय विपक्षी गठबन्धनले संविधान संसोधन विधेयकमाथिको छलफलमा अवरोध नगर्ने भएको छ । आज बसेको बैठकले संसदमा कुनै अवरोध नगर्ने निर्णय गरेको हो । विधयेक पास हुन नदिने अडानबाट भने पछि नहट्ने निर्णय बैठकले गरेको छ । यसअघि विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले...
राप्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बस्दै बिहिबार, फाल्गुन १२, २०७३ 0 responses काठमाडौं, राप्रपाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बस्ने बैठकमा केन्द्रीय सदस्य र पदाधिकारी मनोनयनको मादपण्डबारे छलफल हुने केन्द्रीय सदस्य दिलनाथ गिरीले जानकारी दिए । विधान अनुसार कूल १ सय ६३ सदस्यीय केन्द्रीय समितिमा ४० प्रतिशत केन्द्रीय सदस्य र पदाधिकारी...
संविधान संशोधन विधेयकलाई कार्यसूचीमा राख्न एमाले सहमत बिहिबार, फाल्गुन १२, २०७३ 0 responses काठमाडौ – राजनीतिक गतिरोध हटाउने र संसद सुचारु गर्ने विषयमा एमाले सहमत भएको छ । ब्यवस्थापिका संसदको बैठक आज अपरान्ह तीन बजेका लागि बोलाईएको छ । सभामुखसहित प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलमा एमालेले संबिधान संशोधन प्रस्ताव अघि बढाउन सहमति दिने जनाएको बैठकपछि सभामुख ओनसरी घर्तीले जानकारी...
ओलीको फन्दामा प्रधानमन्त्री प्रचण्ड, सत्ता सुम्पन तयार बिहिबार, फाल्गुन १२, २०७३ 0 responses काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला तनाबमा छन्। आन्दोलनरत मधेशी मोर्चाको माँग सम्बोधन गर्ने र संविधान कार्यान्वयनको लागि निर्वाचन गर्ने मुख्य उद्देश्य लिएर सरकारको नेतृत्व गरेका दाहालले यतिवेलासम्म कुनैपनि कार्यभार पुरा गर्न सकेका छैनन्। तर पछिल्लो समय चुनावको मिति घर्किसकेको भन्दै एमाले शीर्ष नेताहरु प्रधानमन्त्री दाहाललाई जसरीपनि फकाउनुपर्ने रणनीतिमा...
बाबुरामको नयाँ शक्ति पनि उत्रियो चुनावको बिरोधमा, उपेन्द्रसंग मोर्चाबन्दी बिहिबार, फाल्गुन १२, २०७३ 0 responses काठमाडौं- चुनाव घोषणाप्रति आपत्ति जनाउदै बाबुराम भट्टराई र उपेन्द्र यादवले संयुक्त वक्तव्य जारी गर्दै स्थानीय चुनाव स्थगित गर्न माग गरेका छन् । सरकारले चुनाव घोषणा गर्ने स्पष्ट भएपछि घोषणाको अघिल्लो दिन आइतबार दिल्ली गएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव फर्के लगत्तै यादव र नयाँ शक्ति पार्टीका संयोजक डा....
यस्ता निर्णय गर्यो नवगठित नेकपाको पहिलो बैठकले बुधबार, फाल्गुन ११, २०७३ 0 responses काठमाडौं, नेपाल कम्युनिस्ट पार्टीको आज बिहान बसेको नवगठित केन्द्रिय समितिको पहिलो बैठक बसेको छ । बैठकले महत्वपूर्ण विषयहरुमा निर्णय गरेको छ । नवगठित पार्टी र यसका कार्ययोजनाबारे फागुन २० गते काठमाडौंमा पत्रकार सम्मेलन गर्ने, स्थानीय निकायको निर्वाचनलाई कुनै महत्व नदिने, तथा शहिद सप्ताहका अवसरमा शहिद तथा बेपत्ता परिवारजनलाई फागुन...
सुचना टाँस गरि भोलि ३ बजेसम्मका लागि संसद् बैठक स्थगित बुधबार, फाल्गुन ११, २०७३ 0 responses काठमाडौं, प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित नौ विपक्षी दलको संयुक्त आग्रहमा संसद बैठक भोलि बिहिबार ३ बजेसम्मका लागि स्थगित भएको छ। आज केही बेर अघि बसेको नौ दलको बैठकले बुधबारको संसद बैठकमा संशोधन विधेयक कार्यसूचीमा नराख्न आग्रह गरेको थियो। भोलिसम्म सहमतिका लागि प्रयास गरिने बताएपछि संसद सचिवालयले आजको बैठक सूचना...
चुनावका लागि नयाँ शक्तिले अघि सार्यो यस्ता शर्त बुधबार, फाल्गुन ११, २०७३ 0 responses काठमाडौं, सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि नयाँ शक्ति पार्टीले सर्वपक्षीय सरकारको प्रस्ताव गरेको छ । बुधबार बसेको नयाँ शक्तिको विशेष राजनीतिक समितिको बैठकले नयाँ संविधानको सर्वस्वीकायर्ताका लागि संशोधन र तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय सरकार अनिवार्य रहेको निष्कर्ष निकालेको हो । नयाँ शक्तिले निर्वाचनलाई...
जनकपुरमा बामदेव गौतम मोर्चाको घेरामा, स्थिति तनावग्रस्त बुधबार, फाल्गुन ११, २०७३ 0 responses जनकपुरमा मधेसी मोर्चा र नेकपा एमालेका कार्यकताबीच झडप भएको छ । एमाले नेता रघुवीर महासेठको घरमा बसेका एमाले उपाध्यक्ष बामदेव गौतमलाई घेरा हाल्न पुगेका मोर्चाका कार्यकर्ता र एमाले कार्यकर्ताबीच झडप भएको हो । एमाले कार्यकर्ताको आक्रमणबाट मोर्चाका दुई जना कार्यकर्ता घाइते भएका छन् । सदभावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय...
मधेसी मोर्चाको मधेश बन्द : प्रभाव कहाँ कस्तो ? बुधबार, फाल्गुन ११, २०७३ 0 responses सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि त्यसको विरोधमा मोर्चाले आज मधेश बन्दको आह्वान गरेको छ ।  बन्दका कारण बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीका बजारहरु ठप्प भएका छन् भने यातायात, कलकारखाना, शैक्षिक संस्थाहरु पनि बन्द छन् । बारा, पर्साका राजमार्ग क्षेत्रमा मधेशी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन...
रातारात नक्कली विद्यार्थी थपेको भन्दै आरआर क्याम्पसमा तालाबन्दी बुधबार, फाल्गुन ११, २०७३ 0 responses काठमाडौं, अनेरास्ववियुले रातारात नक्कली मतदाताको नाम थपेको भन्दै अन्य विद्यार्थी संगठनले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा तालावन्दी गरेका छन् । यसअघि १४ गतेका लागि तय भएको चुनावको लागि क्याम्पसले ३२ सय जना विद्यार्थीको नामावली प्रकाशन गरेको भएपनि मंगलबार क्याम्पसले ३५ सय जनाको नामावली प्रकाशन गरेको अन्य विद्यार्थी संगठनले आरोप लगाएका छन् ।...
राप्रपाको केन्द्रिय सदस्यमा गायिका कोमल वली र नायिका रेखा थापासहित ९८ जना बुधबार, फाल्गुन ११, २०७३ 0 responses काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनले ९८ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । जसमा गायिका कोमल वली र नायिका रेखा थापा पनि परेका छन् । गायिका कोमल वलीले खुलातर्फ १८५७ मत ल्याएकी छन् भने नायिका थापाले १६०३ मत ल्याएकी छन् । १० फागुन अबेर सकिएको मतदानमा ३ हजार...
आजबाट संविधान संशोधन विधेयक अगाडि बढ्ने बुधबार, फाल्गुन ११, २०७३ 0 responses काठमाडौं, व्यवस्थापिका संसदमा आजबाट संविधान संशोधन विधेयक अघि बढाइने भएको छ । संसदको बैठक दिउँसो २ बजे बोलाइएको छ र, आजको बैठकमा संशोधन प्रक्रिया अघि बढाइनेछ । संशोधनको अन्तरवस्तुको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रक्रिया अघि बढ्न दिने संकेत दिएको छ । सरकारले स्थानीय चुनावको मिति...
मोर्चाले चुनावको प्रतिकार गर्ने, फेरी नाकाबन्दी मैं फर्किने संकेत मङ्लबार, फाल्गुन १०, २०७३ 0 responses काठमाडौं – संघीय समाजवादी फोरम नेपालले सरकारले घोषणा गरेको चुनाव मान्य नभएको भन्दै कडा विज्ञप्ति जारी गरेको छ । मधेशी मोर्चाले चुनावविरुद्ध आन्दोलन घोषणा गरेको भोलिपल्टै संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गराउन माग गर्दै जबरजस्ती चुनाव गराउन खोजिए प्रतिकार गर्ने फोरम नेपालले चेतावनी दिएको छ । यस्तै मधेशी...
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान मङ्लबार, फाल्गुन १०, २०७३ 0 responses काठमाडाैं, स्थानीय निवार्चन र संविधान संशोधनका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार दिउँसो सर्वदलीय बैठक आह्वान गरेका छन्। संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई दिउँसो तीन बजे संसद भवनमा हुने बैठकमा बाेलाइएकाे प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। आन्दोलनरत मधेसी मोर्चामा अावद्ध संसदमा प्रतिनिधित्व गर्ने दललाई...