• Friday 24th , November 2017 | शुक्रबार, मंसिर ८, २०७४

खेलकुद

भारतमाथि जित हात पार्दै उपाधी चुमेकोमा नेपाली टिमलाई बधाई बिहिबार, अशोज १२, २०७४ 0 responses काठमाडौं, भुटानमा भएको अण्डर–१८ साफ च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । बुधबार भएको अन्तिम खेलमा चीर प्रतिद्वन्द्वी भारतलाई २–० ले हराउँदै नेपाल उपाधि जित्न सफल भएको हो । नेपालले खेलको दोस्रो मिनेटमा नै गोल गरी अग्रता बनाएको थियो । नेपालका दिनेश हेन्जनले गोल गरेका थिए । खेलको ३७ औँ...
समय लाई लापरवाही गर्ने वानीले अन्तराष्ट्रिय मञ्चमा नेपालको वेइजत सोमवार, अशोज ९, २०७४ 0 responses काठमाडौं, नेपालीहरु समयलाई लापरवाही गर्छन् । आम नेपालीको ठूलो रोगका रुपमा विकास हुँदै गएको यहि वानीले कुराँस खेलमा सहभागिता जनाउन तुर्कमिनिस्तान पुगेका दीपक छन्त्याल प्रतियोगिताबाट वञ्चित भए । खेल सुरु हुनुभन्दा ठीकअघि शौचालय छिरेका उनले समयको महत्वलाई वेवास्ता गरेपछि उनको मात्र नभइ मुलुककै वेइजत भएको छ । पुरुषतर्फको ९०...
एएफसी यू-१६ मा इराक र भारतको खेल गोलरहित बराबरीमा, नेपालको छनौटको आशा समाप्त आइतवार, अशोज ८, २०७४ 0 responses काठमाडौं, एएफसी यू-१६ च्याम्पियनसिपको छनौट चरणअन्तर्गत समूह ‘डी’मा रहेको नेपालको अन्तिम चरणमा छनौट हुने आशा समाप्त भएको छ । समूहको अन्तिम चरणको पहिलो खेलमा इराक र भारतको खेल गोलरहित बराबरीमा सकिएपछि नेपालको सम्भावना समाप्त भएको हो । बराबरीसँगै इराक ७ अंक बोकेर समूह विजेता बन्दै अन्तिम चरणमा छनोट भएको...
सहिद भीमनारायण गोल्डकपको उपाधि ब्वाइज युनियन क्लबलाई आइतवार, अशोज १, २०७४ 0 responses धनकुटा, धनकुटामा सम्पन्न सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको ब्वाइज युनियन क्लबले जितेको छ । आइतबार भएको फाइनलमा झापाको बिर्तामोड युनाइटेड क्लबलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै ब्वाइज युनियनले उपाधि जितेको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट २–२ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा जित–हारको...
हङकङमाथि नेपालको शानदार जित आइतवार, अशोज १, २०७४ 0 responses काठमाडौं,  यु १९ एसिया कप छनौटको फाइनल खेलमा ७७ रनको विजयी लक्ष्यसहित ब्याटिङमा उत्रेको नेपालले हङकङमाथि पाँच विकेटको जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न फाइनलमा हङकङलार्इ ५ विकेटले पराजित गर्दै नेपालले उपाधी कब्जा गरेको हो। योसंगै नेपाल अब मलेसियामै हुने एसीसी यू-१९ एसिया कप क्रिकेटका लागि पनि...
नेपाली अल्ट्रा धाविका मिराले जितिन् बेलायतको ‘बेन नेभिस अल्ट्रा’ दौड आइतवार, अशोज १, २०७४ 0 responses काठमाडौं,  नेपाली अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् । निर्धारित दुरी १५ घन्टा २७ मिनेट चार सेकेण्डमा पुरा गर्दै उनी महिलातर्फ पहिलो भइन् । संयुक्त अधिराज्यको दक्षिण तटमा रहेको विश्व प्रसिद्ध लख नेसबाट सुरु भएको दौड स्कटल्याण्डको पहाडी मैदान हुँदै बेलायतको सबैभन्दा उच्च...
आयोजक मलेसियालाई पराजित गर्दैै नेपाल एसिया कपको फाइनलमा शनिबार, भदौ ३१, २०७४ 0 responses काठमाडौं, एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको सेमिफाइनलमा नेपालले आयोजक मलेसियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । शनिबारको खेलमा नेपाल १० विकेटले विजयी बनेको हो । टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले मलेसियालाई १ सय २१ रनमै अलआउट गर्‍यो ।   फाइनल प्रवेश गरेसँगै नेपाल एसिया कपको लागि छनोट भएको...
 सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि १६ टोलीको टुङ्गो बिहिबार, भदौ २९, २०७४ 0 responses काठमाडौं, मंसिर १४ गतेबाट सूरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता खेल्ने १६ टोलीको टुङ्गो लागेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज बसेको बैठकले प्रतियोगितामा सहभागित हुने क्लबहरुको टुङ्गो लगाएको हो । बैठकले ए डिभिजनका १२ क्लब र मोफसलका ४ टोलीले शीर्ष डिभिजनको घरेलु लिगमा सहभागिता...
नेपाल घरेलु मैदानमा ताजिकिस्तासंग २-१ ले पराजित मङ्लबार, भदौ २०, २०७४ 0 responses काठमाडौं, एएफसी एसियन कप छनोट फुटबलअन्तर्गतको तेस्रो खेलमा नेपालले घरेलु मैदानमा ताजिकिस्तानसँग पराजय व्यहोरेको छ । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा भएको खेलमा नेपाल २–१ ले पराजित भएको हो । मध्यान्तरअघि नैै २ गोल खाएको नेपालले मध्यान्तरपछि १ गोल फर्काएको थियो । ताजिकिस्तानले नेपालविरुद्ध २५ औं मिनेटमा पहिलो...
एन्फा मैदानमा नेपालले ताजिकिस्तानको सामना गर्दै मङ्लबार, भदौ २०, २०७४ 0 responses काठमाडौं, एएफसी एसियन कप–२०१९ को छनोट चरणमा नेपालले मङ्गलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा अपराह्न ३ बजे ताजकिस्तानको सामना गर्ने भएको छ । छनोटअन्तर्गत नेपालले घरेलु मैदानमा खेल्न लागेको यो दोस्रो खेल हो । नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजकिस्तानमाथि जीत हासिल गर्ने लक्ष्य रहेको र जित्न...
खेलकूद मन्त्री केसीलाई लोकतान्त्रिक खेलकूद संघको सम्मान आइतवार, भदौ १८, २०७४ 0 responses काठमाडौं, नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी राजनलाई सम्मान गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा उनलाई खेलकूद जस्तो राष्ट्रको प्रतिष्ठा र युवाहरुको भविष्यसंग जोडिएको मन्त्रालयको नेतृत्व सम्हाल्न आएकोमा संघले मन्त्री केसीलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको लागि...
एएफसी छनौट चरणको खेलमा नेपाल ताजकिस्तानबिरुद्ध खेल्ने शनिबार, भदौ १७, २०७४ 0 responses काठमाडौं, एएफसी एसियन कप छनौट चरण अन्तर्गत ताजकिस्तानबिरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मूख्य प्रशिक्षक ग्योतोकु कोजीले ताजिकिस्तानबिरुद्ध आउँदो मंगलबार हुने खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् । आज घोषणा गरिएको टिममा नियमित कप्तान अनिल गुरुङलाई समावेश गरिएको...
विश्वकप छनोटमा जर्मनीको शानदार प्रस्तुती, लगातार सातौं जित शनिबार, भदौ १७, २०७४ 0 responses काठमाडौं, विश्वकप फुटबल छनोट प्रतियोगितामा जर्मनीले शानदार प्रदर्शन जारी राख्दै लगातार सातौं जित हासिल गरेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले चेक गणतन्त्रलाई २–१ ले पराजित गर्दै आफ्नो विजययात्रा जारी राखेको हो । समूह ‘सी’ मा रहेको जर्मनीले सात खेलबाट २१ अंक बटुल्दै समूहको शीर्ष स्थान कब्जा गरेको...
बार्सिलोनामा नेइमारको ठाँउमा आए उसमान डेम्बेले मङ्लबार, भदौ १३, २०७४ 0 responses एजेन्सी, स्पेनिस क्लव बार्सिलोनाले नेइमारको ठाँउमा उसमान डेम्बेलेलाई भित्राएको छ । नेइमार विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि उनको ठाउँमा बार्सिलोनाले बोरुसिया डर्टमुण्डका फरवार्ड डेम्बेलेलाई अनुबन्ध गरेको हो । डेम्बेलेसँग बार्सिलोनाले पाँच वर्षको सम्झौता गरेको हो । सम्झौतापछि डेम्बेलेले बार्सिलोना आउने आफ्नो सपना पूरा...
साफ च्याम्पियनसिपको उपाधीका लागि नेपाल र भारत भिड्दै आइतवार, भदौ ११, २०७४ 0 responses काठमाडौं, काठमाडौंमा जारी यु–१५ साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज आयोजक नेपाल र भारत बीच प्रतिष्पर्धा हुँदैछ । फाइनल खेल सातदोबाटोस्थित एन्फा मैदानमा हुनेछ । शनिबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले फाइनलमा हार नदोहोरिने बताएका छन् । ‘ भारतसँग समूह चरणमा आफ्नै केही गल्तीले हार्यौं ।...