• Thursday 29th , June 2017 | बिहिबार, असार १५, २०७४

पर्यटन

कच्चा पदार्थको अभाबमा पाल्पाली करुवा उद्योग संकटमा शनिबार, जेष्ठ १३, २०७४ 0 responses पाल्पा, यस जिल्लामा हातले कुँदेर बनाइएका करुवा बिस्तारै लोप हुन लागेका छन् । कच्चा पदार्थको अभाव र नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा पाल्पाली करुवा उद्योग अहिले दुई चार वटामा मात्र सीमित हुनपुगेको छ । कुटिर उद्योग अन्तर्गत पर्ने पाल्पाको मुख्य चिनारीकै रुपमा रहेको करुवा उद्योगको संरक्षणमा सरोकारवाला निकायले ध्यान नदिँदा...
अबैध रुपमा हिमाल चढिरहेका दक्षिणी अफ्रिकी नागरिक नियन्त्रणमा सोमवार, बैशाख २५, २०७४ 0 responses काठमाडौं, शनिबार अबैध रुपमा हिमाल चढिरहेका दक्षिणी अफ्रिकी नागरिक रायन सिंह डेभिलाई पर्यटन विभागले नियन्त्रणमा लिएको छ । सगरमाथा ट्रेकिङ गर्ने अनुमति लिएका डेभिले अबैध रुपमा सगरमाथा आरोहण गर्ने प्रयास गर्दा बेस क्याम्पका पक्राउ परेका छन् । बेस क्याम्पमा आरोहणका अनुमति नै नलिएका ब्यक्ति देखिएपछि पर्यटन विभागबाट खटिएका सम्पर्क...
सन् २०१७ को उत्कृष्ट गन्तव्यमा नेपाल पहिलो स्थानमा बुधबार, चैत्र २३, २०७३ 0 responses काठमाडौं, सन् २०१७ को उत्कृष्ट गन्तव्यमा नेपाल पहिलो स्थानमा परेको छ । लोनली प्लानेटले जारी गरेको सन् २०१७ को ट्राभल एड्भाइजरी बुकमा नेपाल उत्कृष्ट गन्तव्यस्थलमा परेको हो । भूकम्प र भारतीय नाकाबन्दीपछि पनि पुनर्निर्माणको काम द्रुततर ढंगले अघि बढेको जनाउँदै लोनली प्लानेटले घुमघामका लागि कम बजेट हुनेलाई नेपाल पहिलो रोजाइमा...
चिनियाँ टिभीमा नेपाली पर्यटकीय डकुमेन्ट्री प्रशारण हुँदै सोमवार, चैत्र १४, २०७३ 0 responses सरकारले विदेशी टेलिभिजनहरुमा नेपाली पर्यनटबारेको वृत्तचित्र प्रशारण सुरु गर्ने भएको छ । यसका लागि पहल थालेको सरकारले पहिलो चरणमा चीनका टेलिभिजनबाट नेपाली पर्यटकीय क्षेत्रको बारेमा डकुमेन्ट्री तयार गरेर प्रशारण गर्दैछ । यसका लागि नेपालकातर्फबाट कुनै खर्च भने गरिने छैन । चीनको सिचुवान प्रान्तमा मूख्य कार्यालय रहेको छियान टेलिभिजनले अब...
१२ बर्ष पहिले प्रचण्डले यस्तै सडकको कल्पना गरेका थिए शनिबार, चैत्र ५, २०७३ 0 responses जे छ चीनमै छ भन्दा पनि हुने ! आकर्षक, अनौठा र अद्भुत । चीनले भौतिक विकाशमा ‘छलाङ’ मारिरहँदा उसले आफूले बनाएका अनौठा र आकर्षक संरचनाहरूका तस्वीर र भिडियो संसारभर फैलिइ रहेका छन् । चीन आफैं पनि पनि अनौठा अनौठा प्रयन्त गरेर आफ्ना विकाश र परिवर्तनका खबर विश्वमाझ फैलाउन उत्तिकै...
विश्वमै पहिलो र महंगो जहाजभित्र म्युजियम काठमाडौंमा सोमवार, फाल्गुन ३०, २०७३ 0 responses अन्तर्राष्ट्रियस्तरको ठूलो जहाज, वरिपरि चिटिक्क बगैंचा र भित्र ठूलो हल त्यसमा विमानबाट खिचिएका मनमोहक फोटोहरूको ग्यालरी। विभिन्न देशका बनेका करिब तीन सयभन्दा बढी जहाजका मोडल पनि हेर्न पाइने। यो कुनै अन्तर्राष्ट्रिय जहाजमा उडान भर्दा यात्रुले देख्न र अनुभव गर्न सक्ने कुरा होइन। यस्ता दृश्यहरू हवाई यात्रुका लागि पाउनु दुर्लभ...
जिल्ला सदरमुकाम तानसेनमा ‘पाल्पा महोत्सव–२०७३’ सुरु बिहिबार, फाल्गुन १२, २०७३ 0 responses पाल्पा, जिल्ला सदरमुकाम तानसेनमा ‘पाल्पा महोत्सव–२०७३’ आजदेखि सुरु भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको आयोजनामा स्थानीय उत्पादन, घरेलु तथा साना उद्योग साथै हस्तकलाका सामग्रीको प्रबर्धन, विकास र प्रचारप्रसार तथा पर्यटन व्यबसाय वृद्धि गर्ने उद्देश्यले आजदेखि सुरु भएको महोत्सव फागुन २२ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका...
निगमका फेवा र गौंथली आजबाट उड्ने, यस्ता छन् नयाँ बिमानका रूट सोमवार, फाल्गुन ९, २०७३ 0 responses काठमाडाैं,  नेपाल वायुसेवा निगमले सोमबारबाट नयाँ चिनियाँ विमान उडाउने भएका छन् । चीनले सहुलियत ऋणमा दिएको दुई एमए ६० (फेवा) र वाइ १२ ई (गौंथली) का नयाँ विमानले आजबाट उडान सेवा सुरू गरेका हुन् । दुबै विमानले दैनिक ३ रुटमा ६ वटा उडान भर्नेछन् । निगमले पुरानै हवाइ रुटमा विमान...
नेपाल वायुसेवालार्इ कालोसूचीबाट हटाउन आइकाओलाई पत्राचार आइतवार, फाल्गुन ८, २०७३ 0 responses नेपालको उड्डयन क्षेत्रमा भएका सुधारको जाँच गरी त्यसलाई अनुमोदन गर्न अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)लाई पत्राचार गर्न लागिएको अधिकारीहरुले बताएका छन्। तीन वर्षदेखि नेपाली विमानहरुलाई युरोपेली आकाशमा उड्नमा लगाइएकाे प्रतिबन्ध फुकुवा गर्ने प्रयासमा त्यसो गर्न लागिएको नागरिक उड्ययन प्राधिकरणले जनाएकाे छ। युरोप भ्रमणमा रहेका पराराष्ट्रमन्त्री प्रकाशशरण महतले केही दिनअघि ब्रसल्समा...
आन्दोलनरत स्वास्थ्यकर्मीलाई नियमित काममा फर्कन अपिल बुधबार, फाल्गुन ४, २०७३ 0 responses काठमाडौं, फागुन ४ – सरकारले आन्दोलनरत स्वास्थ्यकर्मीलाई नियमित स्वास्थ्य सेवा सञ्चालन गर्न र नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति मार्फत स्वास्थ्यकर्मीले उठाएका विषयका सम्बोधन गर्न र कर्मचारीको वृत्ति विकास र दीर्घकालीन व्यवस्थापनका लागि मन्त्रीपरिषदले निर्णय गरिसकेको र मन्त्रालयले छिट्टै स्तरवृद्धि तथा...
बेलायतको विज्ञ टोलिले शुरु गर्यो उत्खनन अनुसन्धान, प्राचिन भग्नावशेष फेला बुधबार, फाल्गुन ४, २०७३ 0 responses कपिलवस्तु- पुरातात्विक महत्व बोकेको कपिलवस्तुको दोहनी गाबिस स्थित प्रचिन दोहनी कोटमा पहिलो पटक बिज्ञ टोलीहरुद्धारा उत्खनन थालिएको छ । पुरातत्व बिभागको अगुवाईमा बेलायतको दुरहाम बिश्व बिद्यालयका बिज्ञ टोलीहरुको प्रत्यक्ष निगरानीमा उत्खनन् सहीत अनुसंधान सुरु गरिएको हो । दोहोनी गाबिस– १ कित्ता नम्बर १ को चार बिघा क्षेत्र बिभागको अधिनमा...
दमकमा विश्वकै अग्लो बुद्धको मूर्ति निर्माण सुरु सोमवार, फाल्गुन २, २०७३ 0 responses ‘नेपाल बुद्धको बर्थ प्लेस मात्र नभएर बुद्धिज्मको फाउन्टेन पनि हो’ झापाको दमकमा विश्वकै सबैभन्दा अग्लो दाबी गरिएको मूर्ति निर्माण प्रक्रिया सुरु भएको छ । मूर्तिमात्रै १६४ मिटर अग्लो हुनेछ । ‘मूर्तिको बेसमा ३ तल्ला हुन्छ,’ दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले भने, ‘तलसमेत जोड्दा १९४ मिटर अग्लो हुन्छ ।’...
घलेगाउँ जाने पर्यटकलाई आचारसंहिता सोमवार, माघ २४, २०७३ 0 responses काठमाडौं, सार्क राष्ट्रमै नमुना मानिएको घलेगाउँमा जाने पर्यटकले अब आचारसंहिता पालना गर्नुपर्ने भएको छ । घलेगाउँ पर्यटन विकास समितिले गाउँमा आउने पर्यटकका लागि १२ बुँदे आचारसंहिता बनाएको हो । सो आचारसंहितामा गाउँमा आउने सबै पर्यटकले पहिले स्थानीय समितिमा नाम दर्ता गराउनुपर्ने हुन्छ । नाम दर्ता गराएसँगै समितिले पाहुनाको स्वागतसहित...
काठमाडौँ भ्यू टावर निर्माण कार्य सुरु बिहिबार, माघ १३, २०७३ 0 responses काठमाडौँ- संझौता भएको झण्डै वर्षपछि बल्ल काठमाडौँ भ्यू टावरको निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा निर्माण निर्माण गर्न लागेको सो टावर निर्माण कम्पनी र कामपाबीच लामो समय आन्तरिक विषयमा कुरा मिलेपछि आइतबारदेखि सुरु भएको हो । समयमा नै निर्माण कार्य सुरु गर्ने भन्दै निर्माण कम्पनीले गत वैशाखमा...
अब नगरकोट प्रवेश गर्न पर्यटन शुल्क तिर्नुपर्ने बुधबार, माघ १२, २०७३ 0 responses काठमाडौँ- आन्तरिक तथा बाह्य पर्यटकले अब नगरकोट प्रवेश गर्दा पर्यटन शुल्क तिर्नुपर्ने भएको छ । यसअघि सबै पर्यटकले सशुल्क प्रवेश गर्न पाउने नगरकोटमा बाह्य पर्यटकले मात्र नभई आन्तरिक पर्यटकलाई समेत शुल्क लाग्ने भएको हो । भक्तपुर र काभ्रेको सिमाना पर्ने नगरकोटमा दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकको आवागमन हुने...